हिपमत डटकम

बुधबार, मंसिर १७, २०७७ || 794  पटक पढिएको

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ ले एक कार्यक्रम आयोजना गरि धरान ८ मा अवस्तिथ लांघाली समुदायमा आश्रति ६५ जना लाई दिउसोको खाजा वितरण तथा लोक गायक सुरेश गन्धर्व लाई नगद रकम ५८,५००/- हस्तान्तरण गरेको छ ।
प्रदेश नं १ मा आवद्ध चलचित्रकर्मीहरुलाई एकबद्ध बनाउने उदेश्यले गठित स्थापना भएको संस्थाले आयोजना गरेको यस कार्यक्रमको सभापति को आशन ग्रहण महासंघका अध्यक्ष अरुण कुमार प्रधानले गर्नु भएको थियो भने प्रमुख अतिथि यसै संस्था का वरिष्ठ सल्लाहकार तथा कलाकार प्रेम सुब्बा ले गर्नु भएको थियो । कार्यक्रम को स्वागत मन्त्व्य चलचित्र प्राविधिक संघ , प्रदेश १ का अध्यक्ष प्रकाश सुब्बाले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष अरुण प्रधान ले “हाम्रो दैनिक जीवन भन्दा पनि फरक जीवन अरु कसैको हुन सक्छ र त्यो फरक जीवन बुझ्नको लागि पनि हामिले यस्ता आश्रममा गएर त्याहा रहेका व्यक्तिहरुको बारेमा बुझ्नु जरुरी छ । हामिले त्यो जीवन बारे बुझाउनको लागिनै आज यस स्थानमा कार्यक्रम गरेका हौ । आगामी दिनमा बर्थडे , एनिभर्सरी जस्ता घरमा आयोजना गरिने कार्यक्रम यस्ता आश्रममा गएर मनाउदै यस्ता पिडितहरुको सेवा गर्नको लागि सम्पुर्ण चलचित्रकर्मी हरुलाई आग्रह गर्नु भयो ।
अध्यक्ष प्रधानले २०७८ बैशाखमा महासंघले आयोजना गर्न लागेको प्रदेश १ स्तरिय चलचित्र महोत्सवको बारेमा पनि जानकारी गराउनु भएको थियो ।
सोही अवसरमा एकदिन अघि परेको जन्म दिनलाई मनाउदै महासंघ का सदस्य ,कलाकार विजय सुब्बा ले सम्पुर्ण आश्रति हरुको लागि फ्रुटी प्रायोजन गर्नु भएको थियो भने महासंघको तर्फबाट सम्पुर्ण आश्रति को खाजा प्रायोजन अध्यक्ष अरुण प्रधान ले गर्नु भएको थियो । उक्त कार्यक्रम मा डोनेसन बक्स राखी लोक गायक सुरेश गन्धर्व को लागि आर्थिक संकलन पनि गरिएको थियो । डोनेसन बक्स बाट संकलन भएको रकम १३,०००/- , समाजसेवी मिना सिंगक मार्फत दिप्लक सुब्बा ज्यु को तर्फ बाट रु २०,०००/-, किशोर पन्धाक र सीता तुम्बापोको तर्फ बाट रु २०,०००/- , संतोष लिम्बू तिल्लिङ को तर्फ बाट रु ५,५००/- गरि जम्मा संकलन भएको रकम रु ५८,५००/- बिपि स्वस्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराई रहेका सुरेश गन्धर्व लाई प्रदान गरिएको थियो । उक्त कार्यक्रममा महासंघका सल्लाहकार अशोक चेम्जोङ, मायाघर कि सांस्थापक उपाध्यक्ष राधिका थापा , निर्देशक समाज प्रदेश १ का अध्यक्ष रबिन श्रेष्ठ , निर्माता संघ प्रदेश १ का अध्यक्ष लाकमान योन्जन, आदिवासी जनजाती चलचित्रकर्मी संघ प्रदेश १ का अध्यक्ष भिम लामा , होप धरानका अध्यक्ष निश्चल पलिखे , सिंगक फाउन्डेसन कि अध्यक्ष मिना सिंगक, धरान प्रज्ञा प्रतिष्ठानका सदस्य सुबर्ण पलिखे ज्यु हरुले अतिथिको आशन ग्रहण गर्नु भएको थियो भने कार्यक्रमको संचालन महासंघका महासचिव दिनेश कोईराला ज्यु ले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!