हिपमत डटकम

बुधबार, मंसिर १७, २०७७ || 591  पटक पढिएको

च्याम्पियन्स लिगमा शाख्तार डोनेस्कसँग रियल म्याड्रिड पराजित भएपछि म्यानेजर जिनेदिन जिदानले आफूले राजीनामा नदिने बताएका छन् । पराजयपछि कीर्तिमानी १३ पटकको युरोपियन च्याम्पियन हाल समूह बीको तेस्रो स्थानमा रहेको छ । अर्को हप्ता समूह चरणको अन्तिम खेल रहेको छ । अहिले समूहका सबै टोलीको अन्तिम १६ मा छनौट हुनका लागि सम्भावना बाँकी रहेको छ । अन्तिम १६ मा स्थान पक्का गर्न रियलले शीर्ष स्थानमा रहेको बोरुसिया मोचेनग्लाडब्याचलाई हराउनुपर्नेछ ।

२–० को हार ब्यहोरेपछि जिदानले भने, ‘म राजीनामा दिन्नँ, कुनै हालतमा पनि ।’ गत शनिबार मात्र रियल आलाभेससँग स्तब्ध बनेको थियो । उनले थपे, ‘हामीसँग जहिले पनि कठिन समय हुनसक्छ । अहिले हामी खराब दौरबाट गुज्रिरहेका छौँ । तर, हामी यसबाट अघि बढ्नुपर्छ ।’

‘मसँग यो अवस्थालाई बदल्ने शक्ति छ र म यसका लागि सम्पूर्ण प्रयास गर्नेछु । मेरो खेलाडीले पनि त्यही गर्नेछन्,’ उनले भने, ‘हामीले राम्रो खेल्यौँ र योभन्दा राम्रो नतिजाको हकदार थियौँ । अब हामीले अर्को खेलका लागि तयारी गर्नुपर्छ ।

यो सिजन रियल शाख्तारसँग लगातार दोस्रो पटक पराजित बनेको हो । यसअघि, युक्रेनियन टोलीले रियललाई ३–२ गोलले हराएको थियो ।

उता, रोमेलु लुकाकुको दुईको गोलको मद्दतले इन्टर मिलानले मोचेनग्लाडब्याचलाई ३–२ गोलले हराउँदै अन्तिम १६ मा छनौट हुने सम्भावना कायम राखेको छ ।

शीर्ष स्थानमा रहेको मोचेनग्लाडब्याचको ८ अंक रहेको छ भने शाख्तार र रियलको सामान ७ अंक रहेको छ । इन्टरको ५ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!