हिपमत डटकम

मंगलबार, मंसिर १६, २०७७ || 814  पटक पढिएको

देओल परिवारले ‘अपने २’ फिल्म बनाउने घोषणा गरेका छन् । यस फिल्ममा धर्मेन्द्र, सनी देओल र बबी देओल सहित उनीहरुकै तेस्रो पुस्ताका करण देओल जोडिएका छन् । यसरी तीन पुस्तालाई एकै फिल्ममा देख्न सकिनेछ । कपुर खानदानले पनि यस्तो गरिसकेको छ । ‘कल आज र और कल’ मा पृथ्वीराज कपुर, राज कपुर र रणधीर कपुरले एकैपटक काम गरेका थिए ।

सनीका छोरा करणको यो दोस्रो फिल्म हो । यो भन्दा पहिला उनको फिल्म ‘पल पल दिल के पास’ असफल भएको थियो । त्यसकारण पनि करण सुरक्षित रुपमा अपने २ मा काम गर्दैछन् । फिल्म सफल होस् वा नहोस् उनलाई कुनै असर पर्दैन् ।

२००७ मा अपने रिलिज भएको थियो, जुन फिल्म बक्स अफिसमा हिट भएको थियो । अनिल र्माद्धारा निर्देशित फिल्ममा कैटरिना कैफ र शिल्पा शेट्टीले पनि अभिनय गरेका थिए । के अब पनि अपने २ मा यी दुई अभिनेत्रीले अभिनय गर्नेछन् त ?

फिल्ममा कैटरिना र शिल्पाले अभिनय गर्ने हुन्थे भने फिल्मको घोषणाको दिन नै जानकारी दिइन्थ्यो भन्ने जानकारहरुले बताउँछन् । अपने २ मा पुराना अभिनेत्रीहरु नदेखिने सम्भावना धेरै रहेको छ । करण देओलको साथमा कुनै नयाँ युवतीले बलिउड प्रवेश गर्ने अवसर मिल्ने देखिएको छ । सनी र बबीको अपोजिट अरु कुनै नायिका देखिनेछिन् ।

समाचार माध्यम अनुसार अपने २ मा बबी देओलको अपोजिटमा उर्वशी रौटला देखिने छिन् । तर, यसको हालसम्म औपचारिक पुष्टि भएको छैन् । यो फिल्मको मार्च २०२१ बाट सुर्टिङ सुरु भएर २०२१ को तिहारमा रिलिज हुनेछ । धेरै भाग पन्जाब र बाकी युरोपमा सुर्टिङ हुने यस फिल्ममा देओल परिवारको सशक्त भुमिका रहनेछ । फिल्मले देओल परिवारका सबै सदस्यको फेरी एक पटक करियर रफ्तारमा लैजान मद्दत गर्नेछ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!