सप्ताहको तेस्रोदिन मंगलवार उतार चढाबका बीच ३.३५ अंक बृद्धि भई २०००.४० मा नेप्से बन्द भएको छ । बजारबो शुरुवात सकारात्मक रुपले २००९ बाट शुरुभए पनि करिब हरेक १५ मिनेटमा उतार चढाब हुँदै दिउँसो १ बजे पश्चात उकालो लागेको बजार २०००.४० मा बन्द भएको हो । सोमवार १९७७.०५ बन्द भएको बाजार मंगलबार २०००.४० मा बन्द भएको हो ।

पछिल्लो दुई सप्ताहको बजार कारोबारमा एक दिन बाहेक १३ दिन लगातार वृद्धि भएको छ । १९७ कम्पनी सहभागी भएको मंगलवारको कारोबारमा सेन्सेटिभ इन्डेक्स १.७७ अंकले घटेर ३८३.७९ मा ओरालो लागेको छ । ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार सात टर्नअभर भएको आजको कारोबारमा १ करोड ८५ लाख ७६ हजार ७०८ शेयर ट्रेड भएको छ ।

मंगलवारको कारोबारमा हाइड्रोपार २.४२, मेनुफेक्चरिङ्ग तथा प्रोडक्सन २.२५, माक्रोफाइनेन्स ०.०५, लाइफ इन्सोरेन्स १.८ प्रतिशतले बृद्धि भएको छ भने बैंकिङ्ग २.६९, ट्रेडिङ्ग ४.४२, होटल १.०३, डेभलोप्मेन्ट बैंक २.२३, फाइनेन्स ०.८२, ननलाइफ इन्सोरेन्स ०.३४, र मिच्वल फण्ड १.५५ प्रतिशतले घटेको छ । नेप्से जानकारहरुले बजार अझै माथि जाने सम्भावना रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!