हिपमत डटकम

मंगलबार, मंसिर १६, २०७७ || 548  पटक पढिएको

साउथ सुपरस्टार चियान विक्रमलाई घर बमले उठाउने धम्की मिलेको छ । सोमबार एक ब्यक्तिले उनलाई फोनबाट उक्त धम्की दिएका हुन् । धम्की आउने बितिकै विक्रमले उक्त कुराको जानकारी पुलिसलाई खबर दिएका थिए । खबर गर्ने बितिक्कै पुलिस कुकुर र बम डिस्पोजल टोलीसहित उनको घरमा पुगेको थियो ।

तत्कालै पुलिसले धम्की दिने ब्यक्तिको समेत खोजतलास समेत गरेको थियो । सो क्रममा विल्लुपुरम नामका एक ब्यक्तिले सो धम्की दिइको पत्ता लागेको छ । अन्य अनुसन्धान भइरहेको छ । विक्रम चेन्नाइको बेसेन्ट नगरमा बस्दै आएका छन् ।

यसरी फोनबाट धम्की पाउने उनी पहिलो अभिनेता भने होइनन् । उनीभन्दा अगाडि फोनबाट यस्तै धम्की कलाकार विजय विजय, अजित, सुर्या, विजयकान्त र रजनीकान्तलाई पनि मिलेको थियो । कामको कुरा गर्ने हो भने चियान विक्रम पछिल्लो समय फिल्म ‘कदरम कोन्डन’ मा देखिएका थिए । अहिले भने उनी अजय ज्ञानमुथुको निर्देशन रहने फिल्म ‘कोबरा’ सुटिङको पर्खाइमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!