मनिस कुमार दास

मंगलबार, मंसिर १६, २०७७ || 837  पटक पढिएको

काठमाडौं । विश्व हिन्दू परिषद नेपालको आयोजनामा गुरु नानक देवजीको ५५१ औं जयंती मनाइएको छ । हिजो सप्तरी लगायतका विभिन्न जिल्लाहरुमा परिषदका स्थानीय कार्यकर्ताहरुले कार्यक्रम आयोजना गरेका थिए ।
विश्व हिन्दू परिषद नेपालले प्रत्येक वर्ष गुरु नानक देवजीको जयन्तीको अवसरमा देशभर कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाउने गर्छ । ओमकार परिवार भित्र कै सिख धर्म पनि भएको हुनाले परिषदले प्रत्येक वर्ष गुरु नानक देवजीको जयन्ती मनाउने गर्छन । कार्यक्रममा परिषदका वक्ताहरुले गुरु नानक देवजीको जीवनी एवं समाजमा वहाँले पु¥याउनु भएको योगदानबारे प्रकाश पार्नु भएको थियो ।

विश्व हिन्दू परिषद नेपालले ओमकार परिवार भित्रका बौद्ध, सिख, जैन, किरात आदि पन्थका कार्यक्रमहरु बडो हर्षोल्लासका साथ मनाउने गर्दछन । यस किसिमको कार्यक्रमहरुले सनातन धर्मावलम्बीहरुलाई एकताको सुत्रमा बाध्ने विश्व हिन्दू परिषद नेपालको विश्वास रहेको , परिषदका एक अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!