हिपमत डटकम

मंगलबार, मंसिर १६, २०७७ || 792  पटक पढिएको

सिरहा । ‘दिनानाथ कि जय हो।’ भन्दै नदीमा डुबुल्की लगाउँदै थिए। देवीदेउताकोे नाम पुकार्दै उनीहरू नदीमा बर्बराउँदै थिए। सोमबार सिरहा–धनुषाको साँधमा पर्ने कमला नदीमा बिहानैदेखि हजारौंको भीड थियो। हातमा बेत ९लठी० बोकेका व्यक्ति (धामी) इसारा देखाउँदै थिए। गेरुवा वस्त्रमा सजिएका महिला र पुरुष (भक्त) हा, हु गर्दै थरथरर्र काँप्दै थिए। उनीहरूको जीउमा देवीदेवता चढेको हाक दिइरहेका थिए।

यो दृश्य हेर्न नदी किनारामा मानिसको घुइँचो लागेको थियो। प्रत्येक वर्ष नदीकिनारमा लाग्ने यस्तो भीड जनबोलीमा ‘भूत मेला’ भनिन्छ।

नदीमा स्नान गर्नुअघि उनीहरूले हातहातमा माटोको ढकन र बेत लिएका थिए। गुरु (धामी) इसारामा उनीहरू भूत खेलिरहेका भनिएको थियो। ढकनामा आगो राखेर बालिएको धुप बालिएको थियो। दनदनी बलिरहेको त्यो ढकना उदाउँदो सूर्यलाई देखाएर उनीहरू स्नान गर्न नदीमा पसिएका थिए। यसरी नुहाएर तान्त्रिक विद्या सिद्ध हुने जनविश्वास छ।

प्रत्येक वर्ष कात्तिक पूर्णिमामा सर्लाही, धनुषा, महोत्तरी, सप्तरीलगायत जिल्लाबाट हजारौं हजार मानिस आउँछन्। सूर्यको प्रकाश नदीको पानीमा परिसकेको थियो। एक–एक गरी भक्त गुरुको इसारामा नदीमा डुबुल्की लगाइरहेका थिए। आ–आफ्ना देवीदेउतासँग वचनबद्धता धामीमार्फत गरे। यस्ता थुप्रै दृश्य सोमबार बिहानैदेखि कमला नदीमा देखिन्थ्यो।

आआफ्नो घरको कुल देवीदेउता रिझाउन स्नान गर्न आएको उनीहरूले सुनाए। आइतबार रातिदेखि नै बस, ट्याक्टर, कार, जिप चढेर गाउँगाउँबाट नदीकिनार पुग्नेको लर्को देखिन्थे।

कात्तिक शुक्ल पूर्णिमाको दिन कमला नदीमा स्नान गरे धामीझाक्रीमार्फत कुलदेउताबाट तान्त्रिक विद्या सिद्ध हुने मान्यता छ। वर्षभरिमा जानअञ्जानमा भएको पापबाट नदीमा स्नान गरे पखालिने जनविश्वास रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!