खबर ठुलो छ

सिरहा, मधेशमा दाजुभाइ–दिदी–बहिनी बीच प्रेमको प्रतीक मानिने सामाचकेवा पर्व सम्पन्न भएको हो ।
मैथिली संस्कृति अन्तर्गत चेलिबेटिहरुद्वारा हरेक वर्ष मनाइने लोकपर्व ‘सामा–चकेवा’ मधेसमा १० दिनसम्म मनाएर सोमवार राति सम्पन्न गरिएको छ । सामा चकेवाको सुरुवातसँगै सिरहाको ग्रामीण क्षेत्रमा चेलिबेटिहरुले रातो र सेतो माटोले घर लिपपोत गरी सिंगारेका थिए । परम्परा अनुसार दिदी बहिनीहरुले गीत गाईसकेपछि सामा चकेवा र सात भाईलाई धर्तीमा भसाएर चुगला र वृदावनलाई पूर्णरुपमा जलाई खेतमा गाडि दाजु–भाईलाई मिठो परिकार खुवाई यो विधि सम्पन्न गरेका छन् ।
खासगरी तराई क्षेत्रका सम्पूर्ण भु–भागमा हर्षोल्लासका साथ मनाईने पौराणिक लोकपर्व ‘सामा–चकेवा’लाई मधेसका चेलिबेटीले महापर्वको रुपमा लिन्छन् । ‘सामा–चकेवा’ बहिनी र भाईको आपसी प्रेम, स्नेह र सदभावमा आधारित पर्व हो । हरेक वर्ष छठ पर्वको खरनाका दिन देखि पूर्णिमासम्म नियमित १० दिन दाजुभाइ हुने र नहुने दिदी बहिनीहरुले आफ्ना दाजुभाइको लामो आयू, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै यो पर्व मनाउने चलन छ । मधेसका गाँउमा सामा–चकेवा पर्वमा चेलिबेटीहरु दाजुभाइको दिर्घायु कामना गर्दै समूहमा हातमा डालो लिई परम्परागत गीत गाउँदै हिँड्छन् ।

रङ्गिसकेको सामा चकेवा १० दिनसम्म रातिको बेला रातो रङ्गको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चोक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर १० दिनसम्म गीत नाच गर्दै चेलीबेटीले सामा चकेवा खेलेका थिए ।

गीत गाएर चेलीबेटीले दुवो र चामल लिएर डालोमा भएको सबै मुर्तिहरु माथि छर्की्दिन्छन् । यसरी हाँसो ठट्टा, मनोरञ्जन र गीत गाउँदै मनाउने यो चाडमा सामा र चकेवाबीचको प्रेम र स्नेहलाई भताभुङ पार्न खोज्ने आरोप लगाउँदै दश दिनसम्म चुगला र वृदावनलाई गीत गाउँदै जलाईन्छ ।
परम्पराअनुसार अन्तिम गीत गाईसकेपछि सामा चकेवा र सात भाईलाई भसाईन्छ भने चुगला र वृदावनलाई पूर्णरुपमा जलाएर खेतमा गाडिन्छ । यो विधी सकेपछि त्यहिँ सबै दिदीबहिनीहरुले आ–आफना दाजुभाइलाई पठाएको मिठो परिकार खुवाई घर फर्कन्छन् ।

के के हुन्छ सामा चकेवा पर्वमा ?
सामा स्त्री र चकेवा पुरूष पात्र हुन् । दुईटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ । त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ । सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरू मनोरञ्जन गर्दछन्। छठको खरना वा पारणदेखि मैथिल ललनाहरू माटोको आकृतिहरू बनाई राति एउटा ढक्कीमा राखी दीप बाली घरबाट बाहिर अन्य साथीहरू मिलेर गीत गाउँदै चौरमा गई यो पर्व मनाउने गर्दछन्।

परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि छ । चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पति पत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ। यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ ।

यसमा सामा चकेवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्र हुन्छन्। सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदी बहिनीले मनोवाञ्छित फल प्राप्तिको कामना गर्दछन्। मूर्तिहरूलाई चलायमान गरी संवादको आनन्द उठाउँछन् । यसमा कुनै बेला वृन्दावनमा आगो लगाउँछन् र कुनै बेला चुगला

सोमबार, मंसिर १५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया