सोमबार, मंसिर १५, २०७७ || 876  पटक पढिएको

प्रदेश एकको राजधानी विराटनगरबाट संचालित हिपमत मिडिया हाउस प्रा. लि. सफलतापूर्वक एकवर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेका छन् । आज एक कार्यक्रमबीच हिपमत मिडिया हाउस प्रा. लि.ले ११ जना विपन्न परिवारलाई एक थान कम्बल र जनही ११ सय रुपैया सहयोग गरी प्रथम वार्षिकोत्सव मनाएको हो ।

“अनेकतामा एकताको सन्देश, विविधता र बहुलताको भेष” “हिपमत पथको छ विशेषता, अनेकतामा झल्किन्छ एकता” मूल अवधारणाका साथ भौगोलिक, सामाजिक, बहु–भाषिक एवं बहु–साँस्कृतिक विविधतालाई एकताको सुत्रमा बाँध्ने पवित्र उद्देश्यका साथ परिकल्पना गर्नु भएका विश्ष्ठि व्यक्तित्व स्वेच्छिक सामाजिक कार्यकर्ता देवकिशन मून्दड़ाको उत्प्रेरणाले स्थापित हिपमत मिडिया हाउस प्रा.लि. एक वर्ष अगाडी आजकै दिन देखि हिपमत मिडिया हाउस प्रा. लि.द्वारा संचालित हिपमत डटकम र हिपमत टिभी एचडीको शुभारम्भ भएको हो ।

हिपमत मिडिया हाउस प्र. लि. शुभारम्भ भएको चौथो महिना अर्थात शिशु जन्मेपछि आफ्नो खुट्टामा उभिन नपाउँदै वैश्विक महामारी कोरोनाको चपेटमा परिसके । अज्ञात दुशमनको भयावहपूर्ण त्रासले समस्त विश्वनै परास्त भई रहेको बेला हामी कसरी अगाडी बढ्ने हाम्रो लागि ठूलो चुनौतिको विषय भयो । टिमलाई सशक्त बनाएर अगाडी बढ्ने, आफ्नो ज्यानको सुरक्षा अफै गर्ने र विपदामा परेकालाई सहयोग गर्ने विषयमा दिनहुँ मन्थन गर्दै हिपमतकर्मी अगाडी बढ्न कम्मर कसे ।

लामो लकडाउनको विषम परिस्थितीमा समेत पत्रकारिताधर्मको निर्वाह गर्दै समाज सेवाका लागि हिपमतकर्मी निरन्तर खटि रहे । त्यस अघि हिपमत सहयोगी परिवारले माघ महिनाको जाडोमा थरथर काप्दैं बाँचि रहनु भएका करिब ४०० जना परिवारलाई न्यानो कपडा वितरण गरेका थिए । त्यस्तै लकडाउको बेला काम नपाएर भौकै बस्नु पर्ने अवस्था भएका करिब ५०० जना परिवारलाई खाद्यन्न सहयोग उपलब्ध गराएको छ । हिपमत मिडिया हाउस प्र. लि.द्वारा संचालित हिपमत डटकम र हिपमत टिभी एचडीमा सम्प्रेशित समाचारको प्रभावले करिब एक दर्जन भन्दा बढीले सहयोग प्राप्त गरेका छन् । क्यान्सर पीडिता रंगेलीकी मन्दिरा गुरुङ्ग र सुनवर्षीकी शुशीला मुर्मुर लाई काठामाण्डौमा उपचारको व्यवस्था मिलाउनुका साथै आर्थिक सहयोग समेत प्राप्त भएको छ भने सुनसरी देवानगंजकी निराशा रौनियारले घर बनाउन ५० हजार नगद सहयोग पाएकी छिन् । यसरी नै हिपमतको समाचार प्रभावले गर्दा दर्जनौ व्यक्तिले स–साना सहयोग पाएका छन् ।

निष्पक्षता, तटस्थता र पत्रकारीता धर्मको पालना ले गर्दा हिपमत मिडिया हाउस प्रा. लि.लाई एक वर्षको छोटो अवधिमा पाठकहरुद्वारा अपार माया प्राप्त भएको छ । हिपमत डटकम अहिले प्रदेश एकको अग्रणी मिडियाको रुपमा आफ्नो उपस्थित जनाएको छ । अहिले देशभरिमा नै हिपमत डटकम ५०० को ¥याकिङ्गमा पुगन सफल भएको छ । प्रदेश एकमा प्रमुख पाँच अनलाइन पत्रिका भित्र हिपमत डटकमको स्थान रहेको छ । हिपमत डटकमको पेजलाई १ लाख २९ हजारले फलो गर्नु भएको छ भने एकलाख भन्दा बढीले लाइक समेत गरेका छन् ।

सफलताको एकवर्षे यात्राको क्रममा हिपमत मिडिया हाउस प्रा. लि.लाई सहयोग गर्नु भएका सम्पूर्ण सहयोगी, शुभचिन्तक, विज्ञापनदाता तथा हिपमत परिवारका सम्पूर्ण सहकर्मीलाई हिपमत मिडिया हाउस प्रा.लि. धन्यावद ज्ञापन गर्दछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!