हिपमत डटकम

सोमबार, मंसिर १५, २०७७ || 878  पटक पढिएको

हिपमत मिडिया हाउस प्रा. लि. आज एक कार्यक्रमबीच आफ्नो प्रथम बार्षिक उत्सब मनाएको छ । बार्षिक उत्सबको अवसरमा मिडिया हाउसले अति गरिब तथा असाहाय ११ जना महिलाहरुलाई नगद एक हजार एक सय तथा न्यानो कम्वल वितरण गरेको छ ।

हिपमत मिडिया हाउसकै कार्यालयमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ मोरंगका अध्यक्ष बन्धु पोखरेलले हिपमत मिडियाले समाचार मात्र प्रशारण प्रकाशन नगरी आवश्यक भएको ठाउँमा सहयोग पनि गर्दै आएको बताउनु भयो । उहाँले हिपमत मिडिया पत्रकारिताका साथै सामाजिक दायित्व समेत पुरा गरेको र एक बर्षको अवधिमा नै निकै लोकप्रिय बनेको भन्दै शुभकामना ब्यक्त गर्नु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि कबि तथा बरिष्ठ पत्रकार मिनकुमार नवोदितले एक बर्षको समयमा यसरी दर्शक एवम पाठकको अपार माया हिपमतले पाउनु चानचुने कुरा होईन यस पछाडी हिपमताकर्मिको अथक मिहनेत रहेकोले यो सम्भव भएको भन्दै हिपमतले आगमी दिनमा पनि यसरी नै अगाडी बढ्ने शुभकामना व्यक्त गर्नु भयो । सो कार्यक्रममा आभा फउण्डेशनका अध्यक्ष अभा अनुपमाले हिपमत डटकमले कोरोनाकालको यस्तो विषम परिस्थितीमा समेत हरेक पक्षलाई समेटन सफल रहेको भन्दै आफ्नो शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रममा आफ्नो विचार राख्दै हिपमत मिडिया हाउस प्रा. लि.का प्रमुख सल्लाहाकार प्रकाश नारायण झाले हिपमतकर्मीको एकवर्षे अथक मिहिनत, लगन र कार्यशैलीको प्रशंसा गर्दै अगामी दिनमा समेत अझै मजबुतिका साथ अगाडी बढ्ने शुभकामना ब्यक्त गर्नु भयो ।


सो कार्यक्रममा हिपमत मिडिया हाउसको अवधारण, कोरोनाको कारणले उत्पन्न भएको समस्या तथा उपलब्धीको विषयमा संक्षिप्त जानकारी दिंदै प्रधान संपादक प्रकाश प्रेमीले एक वर्षको छोटो अवधिमा हिपमत प्रतिको विश्वासले हामीलाई अझै जिम्मेवार बनाएको बताउनु भयो । सम्पदक प्रेमीले हामी समाचारका साथसाथै अवाज विहिनहरुको आवाज बन्दै, पिडीतलाई सक्दो सहयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यस्तै अध्यक्ष विरेन्द्र कुमार साहले सम्पूर्ण सहयोगी ,बिज्ञापन दाता ,शुभचिन्तकहरु बिशेष धन्यवाद दिनु भयो। तपाइहरुको यो साथ र मायाले हामीलाई अझ हौसला मिलेको छ आजदेखि नै हामीले अझ बढी जिम्मेवारीका साथ सामाचार प्रकाशन एवं आफ्नो सामाजिक कार्यहरुलाई अगाडी बढाउने छौ अध्यक्ष साहले बताउनु भयो।

कार्यक्रम संचालन हिपमतकर्मी रामप्रेम यादवले गरेका थिए भने प्रमुख भिडियो अडिटर निशान कडेल (ग्यालेक्स), भाग्यश्वरी झा, सम्झना दर्नाल, दिपिका गुरुङ्ग सहितको उपस्थिती थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!