हिपमत डटकम

सोमबार, मंसिर १५, २०७७ || 996  पटक पढिएको

प्रेम सम्बन्धसँग जोडिएका अपत्यारिला सत्य घटनाहरुको बारेमा धेरै सुनेका छौ । जहाँ प्रेम सम्बन्धका लागि मानिसहरुले ज्यान पनि दिएका छन् भने कसैले अरुको ज्यान पनि लिएका छन् । तर, कोलम्बियामा एक व्यक्तिले प्रेमिकाको कुमारित्व नरहेको पत्तालगाएपछि अरुमाथि आपराधिक कार्य गरे ।

ती युवकले १५० युवतीहरुमाथि बलात्कार गरेका छन् । यस घटनाका पात्र डैनियलले आफ्नी प्रेमिकालाई धेरै प्रेम गर्थे । तर, पछि उनी खुंखार सिरियल किलर बने । डैनियल कामर्गोले एकदिन आफ्नी प्रेमिकासँग यौन सम्बन्ध राखे । सम्बन्ध राखिसकेपछि उनलाई लाग्यो कि प्रेमिका कुमारी थिइइनन् । ती युवतीको अन्य युवासँग पनि सम्बन्ध भएको थाहा पाएपछि उनी मानसिक तनावमा परे । त्यसपछि उनी साइको सिरियल किलर बने ।

साइको किलर बनेपछि सबैभन्दा पहिला प्रेमिकाको हत्या गरे । त्यसपछि सन् १९७४ देखि १९८६ सम्म १५० केटीहरुको बलात्कार गरे । उनले युवतीहरुलाई बलात्कार गर्दै हत्या गर्न थाले । डैनियलले पहिला युवतीलाई मायाजालमा फसाउने र पछि कुनै एकान्त स्थानमा लगेर बलात्कार गर्न थाले ।

डैनियलले सबै युवतीहरुको एकै तरिकाले हत्या गरेका थिए । मानिसहरुले डैनियलसँग सम्बन्ध राख्ने महिलाहरु पीडा भयो भनेर कराएमा उनी खुशी हुन्थे । उनी अर्काको पीडामा रमाउन थाले । उनलाई १९८६ मा प्रहरीले पक्राउ गरेको थियो र अदालतले १६ वर्षको कैद सजाय सुनाएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!