हिपमत डटकम

सोमबार, मंसिर १५, २०७७ || 2888  पटक पढिएको

झापाको हल्दिबारी गाउँपालिका वडा नं ३ बस्ने गंगा महतोका छोरा बर्ष ३५ का अनिल महतो बिगत १ बर्ष अगाडि देखि मुटु सम्बन्धी रोगले ग्रसित भएका थिए । उनको परिवार उपचारका क्रममा झापा स्थित विभिन्न अस्पताल पुगे तर उनको समस्यामा केही सुधार भएन त्यस पश्चात् उनको परिवारले यो विषयमा हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीलाई जानकारी गराए । उपाध्यक्ष गिरीको पहलमा काठमाडौ स्थित शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र मा उनको निशुल्क उपचार हुने कार्य को पहल भयो ।मुटुको भ्वालमा किरा पर्न सुरु भइ सकेका महतो करिब आठ महिना उपचाररत रहे हाल अनिल महतोको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भई रहेको छ । अहिले उनी घरमै बसेर आराम गरिरहेका छन्।

बिमारी अनिल महत्ताे भन्छन:

मलाई झन्डै एक बर्ष अगाडिदेखि मुटुमा समस्या देखिएको रहे छ । शरिरमा तेस्तो खासै केही नभए पनि सामान्य ज्वरो आउने टाउको दुख्ने क्रम जारी थियो तर म निकै ठूलो समस्या ले ग्रसित भएर मुत्यु को मुखमा आइ सकेको रहे छु । मैले पुर्नजिबन पाएको छु ” उपाध्यक्ष ड्म्बर बहादुर गिरी मेरो लागि भगवान् जस्तै हाे। ” ,मेरो मुटुकाे भ्वालमा समस्या भए छ ,मलाई झापा का विभिन्न अस्पताल हरु वि.एण्ड.सि. अस्पताल बिर्तामोड र नाेवेल अस्पताल विराटनगर लगायतका अन्य अस्पतालमा निकै पटक चेक जाँच गराए यहाँ उपचार गर्न नसके पछी म तुरुन्तै हल्दिबारी गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरीको सल्लाहमा काठमाडौकाे शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र जाने सल्लाह दिनु भयाे,म लक डाउनकाे कारण जान सकिन,मेराे खुट्टा दिनानुदिन सुनिन थाल्यो त्यस पछि जिउ तिर पनि असर गर्ने थालेको थियाे,म अब बाच्दिन हाेला भन्ने साेचमा थिए,म जसाे तसाे गरेर काठमाडौ शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र पुगे अनि बेलुका म हाेटलमा अाएर उपाध्यक्ष डम्बर गिरी लाई फाेन मार्फत सबै कुरा राखे उहाँले चिन्ता नलिनु जे जे पर्छ म छु।

भाेलि पल्ट फेरि अस्पताल गए,खास कुरा त मेरो मुटुकाे भ्वालमा किरा परेको रहेछ।फेरि रिपोर्ट हेरे मलाई फर्काउनु भयाे म रुदै घर फर्किने तयारीमा थिए,भाेलि पल्ट बिहान गाडी चड्ने तयारीमा हाेटलमा गएर टिकट गरि सकेको थिए,घर अाउने जानकारी उपाध्यक्ष डम्बर गिरी लाई गराए १० मिनेट पछि फाेन गर्छु पर्खनु भन्नू भयाे त्यस पछि झन्डै १० मिनेट पछि काठमाडौ काे नम्बर बाट फाेन अायाे र भाेलि अाठ बजे अस्पताल अाउनु भन्नू भयाे र म टिकट क्यानसिल गरेर भाेलि पल्ट अस्पताल गए,मलाई फाेन गर्ने अनेरास्ववियु काे पुर्ब अध्यक्ष किशोर बिक्रम मल्ल हुनुहुदाे रहेछ,उहाँ त्यस अस्पतालको बाेर्ड सदस्य पनि हुनुहुदाे रहेछ,उहाँले तपाईं डम्बर जि काे साथी हाे,भन्नू भयाे मैले हाे भने उहाँले अाफै अघि सरेर मलाई अस्पताल भर्ना गरेर बिचबिचमा भेट्न अाइ रहनु भयाे,म लामो समय त्यही अस्पताल बसेर उपचार गरेर अहिले घर फर्किएको छु,वास्तवमा उपाध्यक्ष डम्बर गिरी न भएको भए म सायद मरि सकेको हुन्थिए होला।म सगै पढेको साथी पनि हाे,गिरी अाज म साथीकाे पहलकदमीले बाचेकाे छु,मेरो निशुल्क उपचार पनि भयाे,अाज मलाई १० लाख भन्दा माथि खर्च हुने कुराबाट पनि बचेको छु र मेरो जीवन पनि बचेको छ,म मेरो उपचार मा खटिनु हुने हस्पिटल प्रशासन ,डाक्टर हरु , किशोर बिक्रम मल्ल र उपाध्यक्ष डम्बर गिरी लगायत सबैलाई धन्यवाद दिन चाहान्छु ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!