हिपमत डटकम

सोमबार, मंसिर १५, २०७७ || 989  पटक पढिएको

बलिउड अभिनेत्री आलिया भट्ट र उनका प्रेमी तथा बलिउड अभिनेता रणवीर कपूर छिमेकी बनेका छन् । हालै आलियाले ३२ करोड (भारतीय रुपियाँ) मा एक फ्ल्याट किनेकी छिन् । उक्त फ्ल्याट वास्तु पाली हिल कम्प्लेक्समा रहेको छ । त्यसै कम्प्लेक्समा रणवीर कपूर पनि बस्दै आएका छन् ।

अब आलिया उक्त अपार्टमेन्टको पाचौँ तलामा बस्ने छिन् भने रणवीर कपूर पनि त्यसै अपार्टमेन्टको सातौँ तलामा बस्ने गर्छन् ।

आलियाको जुहू क्षेत्रमा एउटा फ्ल्याट छ । उनले उक्त फ्ल्याट १३ करोड ( भारतीय रुपियाँ) मा किनेकी थिइन् । उक्त फ्ल्याटमा उनकी बहिनी पनि बस्ने गर्छिन् । उनले उक्त फ्ल्याट सन् २०१९ मा किनेकी थिइन् । भारतबाहेक लण्डनमा पनि उनको सम्पत्ति रहेको छ । मिडिया रिपोर्टका अनुसार आलियाले लण्डनमा सन् २०१८ मा सम्पत्ति खरिद गरेकी थिइन् ।

आलियाले किनेको नयाँ घरको इन्टेरियर डिजाइनको जिम्मा गौरी खानले लिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!