हिपमत डटकम
काठमाडौं,माघ-८: मंगलबार माघ ७ गते धादिङको मैदी भञ्ज्याङमा भएको सवारी दुर्घटनाको कारण चालकले मदिरा सेवन गर्नु रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।धादिङको ढोला मण्डलीमा पूजा गरी फर्किएका ४५ जना यात्रु सवार आइचर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते दुई जनाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टर र जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।धादिङको निलकण्ठ नगरपालिका २ भुलभुलेका स्थानीयलाई लिएर ढोला मण्डली मन्दिरमा पूजा गर्न पुगेको उक्त टोली पूजा गरेर फर्कने क्रममा मंगलबार अपरान्ह पौने ४ बजे दुर्घटनामा परेको थियो । दुर्घटनाका प्रतक्षदर्शीका अनुसार चालकले अत्याधिक मदिरा सेवन गर्नुका साथै सवारीको गतिसमेत तीब्र रहेको थियो । तीब्र गतिको आइचर ट्रकले सन्तुलन गुमाउँदा सडकमै पल्टिएको थियो । दुर्घटनामा गाडीका चालक भुलभुलेका सुवास गुरुङसमेत घाइते भएका थिए ।दुर्घटनापछि प्रहरी र सञ्चारकर्मीसँग कुराकानी गर्दै चालकको लापरवाहीका कारण दुर्घटना भएको घाइतेले बताएका छन् । चालकले मन्दिरमा पूजा गरिसकेपछि अत्याधिक मात्रामा मासु र मदिरा खाएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!