हिपमत डटकम

आइतबार, मंसिर १४, २०७७ || 1377  पटक पढिएको

कामाख्या परिवार नेपाल, जनकपुरधामले यस वर्षको अन्त सम्म गौ सेवाधाम स्थापना गर्ने घोषणा गरेको छ । शनिवार सिन्धुलीको कालापानीमा आयोजना गरेको पाँचौं वार्षिकोत्सवको अवसरमा सो संस्थाका अध्यक्ष अध्यात्मिक गुरु बाबा विभाष लाभले सो घोषणा गरेका हुन् ।

कार्यक्रमका प्रमुख व्यक्तित्व अभिभावक वरिष्ठ भाषा, कला, सहित्य, संस्कृतिविद डा. राजेन्द्रविमलले सर्वे भवन्तु सुखिनः सहित धर्मको ब्याख्या गर्दै जबसम्म संसारले धर्म धारण गर्दैन, अध्यात्मिक रुपले चिन्तन गर्दैन तबसम्म वैश्विक अस्थिरता समाप्त नहुने बताउनु भयो । उहाँले विभिन्न धर्मग्रन्थ, दर्शनका उदाहरण दिंदै मानवीय संवेदना शून्य स्तरमा पुगेकोले अध्यात्मिक चिन्तनले मात्र विश्वमा शान्ति कायम हुने बताउनु भयो । कार्यक्रमका विशिष्ठ अतिथी नेपाल वार एशोसिएशन काठमाण्डौका उपाध्यक्ष प्रमुख अधिवक्ता गोकुल भण्डारीले समाज सेवाको क्षेत्रमा कामाख्या परिवारले गरेको उल्लेखनिय कार्यको प्रशंसा गर्नु भयो । सो कार्यक्रममा कामाख्या परिवार नेपाल धनुषा, काठमाण्डौ, सर्लाही, र महोतरीका पदाधिकारी सदस्य एवं शुभचिन्तक सहयोगिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी औषधी व्यवस्थापन विभागका महानिर्देशक भरत भट्टराईले गौ सेवाधामको लागि हरेक प्रकारको सहयोग गर्ने घोषण गर्नु भयो । त्यस्तै विशिष्ठ अतिथी एनआइसी एशिया बैंकका एसीओ राजेश रावलले कामाख्या परिवार नेपाल मार्फत गरिव, असहाय, विपन्न परिवारका मेधावी छात्र–छात्राको लागि १ लाख ५ हजर शैक्षिक सहयोग गर्ने घोषण गर्नु भयो । त्यस्तै कामाख्या परिवार युएसए का अध्यक्ष रोशन यादवले प्रति वर्ष २ लाख ५० हजार संस्थालाई सहयोग गर्ने घोषणा गर्नु भयो । कामाख्या परिवार जपानका अध्यक्ष महेश भट्टराईले प्रतिवर्ष १ लाख संस्थालाई सहयोग गर्ने घोषणा गर्नु भयो । त्यस्तै कामाख्या परिवार भारतका अध्यक्ष आयुश सिंहले गौ सेवाधामको लागि ११ वटा गाई दिने घोषणा गर्नु भयो । सो कार्यक्रममा संस्थाकी सदस्य प्रतिभा मण्डलले आफ्नो वार्षिक आयको १० प्रतिशत प्रत्येक वर्ष संस्थालाई सहयोग गर्ने घोषणा गर्नु भयो ।

गुरु बाबा विभाष लाभको शुभजन्मोत्सवको अवसरमा स्थापना गरिएको कामाख्या परिवार नेपाल धार्मिक यज्ञ–अनुष्ठान सहित समाज सेवाका क्षेत्रमा समेत अग्रसर रहेको छ । सो कार्यक्रममा संस्थाको कार्य गतिविधि सम्बन्धी जानकारी दिंदै संस्थाकी सचिव प्राचीलाभले कामाख्या परिवार नेपाल करिब पाँच हजार भन्दा बढि गरिब, असहाय, विपन्न परिवारलाई खाद्यान्न सहित जाडोयाममा न्यानो कपडा तथा नगद समेत सहयोग गरेको जानकारी दिइन् ।

 

अध्यात्मिक गुरु बाबा विभाषलाभद्वारा जनकपुरधाम १० देवीचौक स्थित स्थापित माँ कामाख्या मन्दिर तथा संस्थालाई हरेक समयमा सहयोग गर्दै आइ रहनु भएका प्रध्यापक डा. मनोज मिश्रा, विजय साह (महन्थजी), किशोर कुन्दन, लालबाबुसिंह, दिपक सिंह, सुरेन्द्र किशोर महतो, दिपक साह, अभिलाष ठाकुर, सरला खनाल, सिद्धि पटेल, प्रतिमा मण्डल, हिरा अधिकारी, निरज यादव, रितेश यादव, संजिब हाथी, विजय कामति, राजु यादवलाई प्रमाणपत्र सहित दोस्सला ओढाएर सम्मान गरेका थिए भने अतिथीहरुलाई मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रमा संस्थाका वरिष्ठ सदस्य जनप्रिय गायक डा. आभाषलाभ सहित रामान्नद युवाक्लवका कलाकारहरुले मनै लुभ्याउने संगितिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!