हिपमत डटकम

आइतबार, मंसिर १४, २०७७ || 683  पटक पढिएको

बाँदरको हत्या गरेको अभियोगमा शिक्षकमाथि मुद्दा दायर भएको छ । शिक्षकमाथि बाँदरको गोली हानेर हत्या गरेको आरोपमा मुद्दा चलाइएको हो ।

यो घटना भारतमा भएको हो । प्रहरीको अनुसार असमोली थानाको सदिरनपुर निवासी शिक्षक मुशर्रफ आफ्नै घरको छतमा बसीरहेका थिए । छतमा मकेको दाना सुकाइएको थियो । एक बाँदर आएर मकै जताततै छरेर दुःख दिइरहेको थियो ।

पटक–पटक लखेट्दा पनि बाँदर नभागेपछि उनलाई रिस उठ्यो र बाँदरलाई गोली हानेर मारीदिए । गोली लाग्दा बित्तिकै बाँदरको मृत्यु भएको थियो, तर गाउँमा त्यो सुचना आगो झै फैलिएको गयो । पछि प्रहरीले थाहा पायो । प्रहरीले शिक्षकमाथि एफआईआर मुद्दा हाल्यो । हाल शिक्षकमाथि अनुसन्धान सुरु भएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!