हिपमत डटकम

आइतबार, मंसिर १४, २०७७ || 834  पटक पढिएको

काठमाडौँ। लामो समय देखि लण्डन बस्दै आएका धन किरण गुरुङले लण्डन बाट नै नयाँ गीत सार्वजनिक गरेका छन्। धन किरण गुरुङकै शब्द,संगीत तथा स्वर रहेको ‘तिमि र म’ बोलको गीत सार्वजनिक गरिएको हो। अल्का गुरुङले निर्माण गरेको भिडियोमा धुर्ब दत्त र रिया लिम्बु फिचर्ड छन्। सुमन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई प्रभु गुरुङले कोरियोग्राफी तथा निर्देशन गरेका छन्। सुशील गुरुङले सम्पादन गरेको भिडियोलाई नबिन निरौलाले कलर संयोजन गरेका छन्।

डिजी प्रोडक्सनले निर्माण गरेको भिडियोमा जीवनको पलहरुमा आफुले सोचेको सपनाहरु सधै पुरा नहुन पनि सक्छ जस्तै आफुले बनाएको मित्रता अनि साथी पनि मायामा परिणत हुने धेरै भनाईहरु छन, तर केही परिस्थिती र समयको क्षणमा मायाको ठुलो आशा र भरोशाहरु निरासामा बदल्न पनि सक्ने जिन्दगीको चित्रण गरिएको छ । बेलायतका पहिलो नेपाली काउन्सलर समेत रहेका गुरुङको थुप्रै गीत सार्वजनिक भई सकेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!