हिपमत डटकम

आइतबार, मंसिर १४, २०७७ || 674  पटक पढिएको

एजेन्सी – बलिउड क्षेत्र निकै बाहिरबाट ठूलो र चमकदार देखिन्छ । तर भित्री पाटो निकै अध्यारो हुने यस क्षेत्रमा लागेका विभिन्न स्टारहरुले खुलाउने गरेका छन् ।

यस्तै, बलिउडको अध्यारोमा डुबेका केही अभिनेत्रीहरुको उदाहरण पनि देख्ने गरिन्छ । त्यसैमध्ये केही अभिनेत्रीले आफ्नो ज्यान नै गुमाए ।

परवीन बबी
सन् २००५ की सुपरहिट अभिनेत्री परवीन बबीको शव उनकै घरमा भेटिएको थियो । धेरै दिनसम्म उनको ढोका नखुलेपछि प्रहरीले उनको घरको ढोका खोल्दा परवीनको शव भेटिएको थियो । तर, उनको मृत्यु कसरी भयो, के कारणले भयो र कसले गर्यो वा उनले आफै आत्महत्या गरिन् भन्ने प्रश्नको अझैसम्म कुनै उत्तर भेटिएको छैन ।

दिव्या भारती
थोरै समयमा नै फिल्ममा सफलता प्राप्त गरेकी दिव्या भारतीको मृत्यु छतबाट खसेर भयो । उनको मृत्युलाई लिएर आजसम्म पनि अनेकन् अडकल बाजी गर्ने गरिन्छ । तर, वास्तविकता के थियो कसैलाई थाहा छैन ।

नफीसा जोसेफ
मिस इन्डिया युनिभर्स बनेकी नफीसा जोसेफ ९० को दशककी सुपरहिट मोडेल हुन् । उनको शव सन् २००४ मा झुण्डिएको अवस्थामा फेला परेको थियो । तर, उनको मृत्युको कारण के थियो कसैलाई थाहा भएन ।

प्रत्युषा बेनर्जी
बालिका बधु सिरियलमा आनन्दीको भूमिका निर्वाह गरेर चर्चामा आएकी प्रत्युषाले २४ वर्षको उमेरमा आत्महत्या गरिन् । उनले किन आत्महत्या गरिन् कसैलाई थाहा छैन ।

जिया खान
२५ वर्ष मात्रै टेकेकी जिया खानले बलिउडलाई अलबिदा गरिन् । उनले अमिताभ बच्चनजस्ता सुपरस्टारसँग काम गरिन् । तर, उनले अचानक आत्महत्या गरिन् । उनले किन आत्महत्या गरिन् कसैलाई थाहा भएन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!