हिपमत डटकम

आइतबार, मंसिर १४, २०७७ || 472  पटक पढिएको

आन्द्रे रसेलको विष्फोटक ब्याटिङ मद्दतमा कोलम्बो किंग्सले लंका प्रिमियर लिग (एलपीएल) मा गाल्ले ग्लाडिएटर्सलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।

वर्षाले प्रभावित बनेको खेलमा कोलम्बोले गाल्लेलाई ३४ रनले पराजित गरेको हो । वर्षाका कारण खेल ५-५ ओभरमा घटाइएको थियो । खेलमा रसेलले १४ बलमै अर्धशतक प्रहार गरेका थिए ।

रसेलले विष्फोटक ब्याटिङ गर्दै अविजित १९ रन बनाएपछि कोलम्बोले ५ ओभरमा १ विकेट गुमाएर ९६ रन बनाएको थियो । ९७ रनको लक्ष्य पछ्याएको गाल्लेले २ विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो ।

ओपनिङ गरेका रसेलले १४ बलमै अर्धशतक परा गरे भने १९ बल मात्र खेल्दै ९ चौका र ४ छक्का प्रहार गरे । थिकशिला डे शिल्भा शून्यमै आउट भएपनि रसेसेल शानदार ब्याटिङ गर्दै उच्च स्कोर बनाए । यस्तै लाउरी इभान्सले १० बलमा १ चौका र २ छक्का मद्दतमा अविजित २१ रन बनाए ।

गाल्लेका लागि दनुश्का गुनथिलाकाले १५ बलमा ३० रन बनाएता पनि अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । कप्तान शाहिद अफ्रिदीले १२ रन बनाए भने आजम खानले अविजित १० रन बनाए । कोलोम्बोका क्वाइस अहमद र अशान प्रियंजनले समान १ विकेट लिए ।

लिगमा लगातार दोस्रो जित हात पारेको कोलम्बो ४ अकसहित शीर्ष स्थानमा छ । गाल्लेको भने यो लगातार दोस्रो हार हो ।

लिग अन्तर्गत शनिवारको पहिलो खेलमा दाम्बुला भाइकिंगले क्यान्डी टस्कर्सलाई डिएलेथडमा ४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

दाम्बुलाले पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा क्यान्डीले ९.४ ओभरमा ३ विकेट गुमाएर ८४ रन बनाउदा वर्षाले खेल प्रभावित बन्यो । खेल पुनः सुरु हुन नसक्दा दाम्बुला डीएलएस मेथडमा ४ रनले विजयी भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!