हिपमत डटकम

आइतबार, मंसिर १४, २०७७ || 763  पटक पढिएको

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कडा जवाफ दिएका छन्। अध्यक्ष दाहालले कात्तिक २८ गते प्रधानमन्त्री ओलीलाई आरोपित गर्दै सचिवालय बैठकमा आफ्नो तर्फबाट प्रस्ताव ल्याएका थिए। त्यसपछि मध्यमार्गी नेताहरूले साझा प्रस्ताव ल्याउन पहल गरे पनि ओलीले शनिबार आफ्नो ३८ पृष्ठ लामो ५३ बुँदे प्रस्ताव पेस गरेका हुन्।

ओलीले दाहालको प्रस्ताव बैठकमा छलफल या परामर्श गर्न रीतसमेत नपुगेको, नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहीन कुण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको संगालो मात्रै भएको भन्दै प्रथमदृष्टिमै खारेजयोग्य रहेको बताएका छन्।

अग्रगामी एजेन्डाबाट बराल्ने र व्यक्तिगत आरोप÷प्रत्यारोप एवं कुण्ठामा अलमलाइरहने छुट कसैलाई हुन नहुने ओलीको भनाइ छ। उनले दाहालको प्रस्ताव कुनै राजनीतिक प्रस्ताव नभई आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको अभियोगपत्र भएको र त्यसले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गरेको ठोकुवा गरेका छन्।

ओलीले पार्टीभित्र चलिरहेको बहसको चरित्र कस्तो हुने? स्वस्थ नीतिगत बहस हुने कि वारपारको लडाइँ हुने या एकतामा हिँड्न खोज्ने या एकता विग्रह र विघटनको बाटोमा हिँड्न खोज्ने भन्दै प्रश्न गरे । ‘पार्टीभित्र चलिरहेको यस बहसको चरित्र के हो? यो स्वास्थ्य नीतिगत बहस हो कि वार कि पार को लडाइँ? यो अन्तरविरोध नै हो भने पनि यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण? तपाईं ले रोजेको बाटो वादप्रतिवाद संवादको हो कि वादप्रतिवाद र विग्रहको? एकता छलफल र अझ उन्नतस्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता विग्रह र विघटनको बाटोमा? पार्टीभित्र हाम्रो सम्बन्ध पार्टीका दुई प्रमुख नेताको सम्बन्ध हो कि दुई भिन्न वर्ग र भिन्न पार्टीका प्रतिद्वन्द्वी नेताहरूको?’ ओलीले प्रश्न गरेका छन् । अन्नपूर्ण पोस्ट् दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!