हिपमत डटकम

शनिबार, मंसिर १३, २०७७ || 758  पटक पढिएको

गर्मीको समयमा मानिसहरू प्राय: फ्रिजको चिसो पानी पिउन मन पराउँछन् । तर, फ्रिजको पानी सीधै पिउँदा शरीरलाई हानि पुर्‍याउन सक्छ । विज्ञहरूको भनाइअनुसार धेरै चिसो पानीले मुटुलाई पनि असर गर्दछ र मुटुको धड्कन पनि कम गराउन सक्छ । फ्रिजको पानी सीधै पिउँदा यस्तो हुनसक्छ :

वजन बढाउँछ : खाना खानेबित्तिकै चिसो पानी पिउँदा पाचन प्रक्रिया ढिलो हुन जान्छ । यसको खराब असर मेटाबोलिजममा पर्छ । जसको कारण शरीरमा बोसो जम्मा हुन थाल्छ र मानिस मोटाउन थाल्छ ।

घाँटीको संक्रमण : धेरै चिसो पानी पिउँदा सबैभन्दा बढी असर घाँटीलाई गर्छ । यसरी धेरै चिसो पानी पिउनेलाई प्राय: टन्सिलको समस्या देखिने गरेको छ ।

शरीरको तापक्रममा असर गर्छ : शरीरको तापक्रम ३७ डिग्री सेल्सियस हुनुपर्छ । यसलाई नियमित बनाउन शरीरलाई केही शक्ति आवश्यक पर्छ । तर, धेरै चिसो पानी पिउँदा खाएको खानाबाट पोषण तत्त्व तयार हुन सक्दैन । जसले गर्दा सन्तुलित तापक्रम हुनलाई समस्या पर्छ ।

मुटुको गति कम पार्छ : जमेको पानी या धेरै चिसो पानी पिउँदा मुटुको गति कम हुनसक्छ । एक अध्ययनका अनुसार भेगिनाको तागतलाई उत्तेजित गरिदिन्छ । भेगिनाको तागतले शरीरलाई सन्तुलित गर्न मध्यस्थता गर्छ । पानीले यसलाई उत्तेजित बनाइदिँदा मानिसको मुटुको चाल कम बनाउन सक्छ ।

पाचन प्रक्रियामा असर : बढी चिसो पानीले पाचन प्रक्रियालाई असर गर्दछ । किनकि, यसले रक्तसञ्चारमा असर गर्छ, जसले पाचन प्रक्रिया ढिलो गराउँछ र ठीक तरिकाले नपच्दा आवश्यक पोषक तत्त्व पनि मिल्दैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!