हिपमत डटकम

शनिबार, मंसिर १३, २०७७ || 899  पटक पढिएको

प्रहरीले रौतहट माधव नारायण नगरपालिका-५ लौकाहा टोलकी १८ वर्षीया अमृताकुमारी साहको गोली हानी हत्या गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ ।

अमृताको गत कात्तिक २६ गते राति घरमै आमासँग सुतिरहेको अवस्थामा गोली हानेर हत्या गरिएको थियो । रौतहट प्रहरीका अनुसार गोली लागेर उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

अमृतामाथि अज्ञात समूहले गोली हानेर फरार भएको थियो । घटनाको १५ दिनपछि अमृताको हत्यामा सम्लग्न व्यक्तिहरु शुक्रबार राति विभिन्न स्थानबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिलाई रौतहट प्रहरीले आइतबार सार्वजनिक गर्ने तयारी गरेको छ । उनीहरुविरुद्ध आइतबार म्याद थप गर्ने र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!