हिपमत डटकम

शनिबार, मंसिर १३, २०७७ || 651  पटक पढिएको

न्युजिल्याण्डमा रहेको पाकिस्तान क्रिकेट भ्रमण दलका सातौं सदस्यमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । यसअघि छ जना सङ्क्रमित पाइएकोमा शनिबार थप एक जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

पाकिस्तान भ्रमण दल क्राइस्टचर्चमा क्वारेन्टिन बसेको तेस्रो दिनमा गरिएको परीक्षणमा थप एक सदस्यमा सङ्क्रमणको पुष्टि भएको छ । यसअघि सङ्क्रमित ठहरिएका छ जनाको भने परीक्षण गरिएको छैन् । भ्रमण टोलीको थप दुई परीक्षणको नतिजा निगेटिभ आउनुपर्नेछ ।

क्वारेन्टिनमा बसेको छैठौं र १२ औं दिनमा पुनः परीक्षण गरिनेछ । भ्रमण दलका एक सदस्य मात्रै पोजेटिभ आउनुलाई पाकिस्तान क्रिकेट बोर्डले सकारात्मक रुपमा लिएको छ ।
क्वारेन्टिनमा रहेका टोलीका सदस्यले कोभिड प्रोटोकल उल्लघंन गरेको भन्दै न्युजिल्याण्ड सरकारले अझै उल्लघंनको एउटा घटना फेला परे टोलीलाई डिपोर्ट गर्ने सम्मको चेताबनी दिइसकेको छ ।
नोभेम्बर २४ मा पाकिस्तान क्रिकेट भ्रमण दल न्युजिल्याण्डमा अवतरण गरेपछि गरिएको परीक्षणमा सरफराज अहमद, रोहैल नाजिर, नसिम शाह, मोहम्मद अब्बास, आबिद अलि र दानिस अजिजमा सङ्क्रमणको पुष्टि भएको थियो ।
पाकिस्तानले न्युजिल्याण्ड भ्रमणको क्रममा डिसेम्बर १८ मा सुरु हुने गरी तीन टी ट्वान्टी र लगत्तै माउन्ट मौन्गनुईमा दुई टेष्टको श्रृखंला खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!