हिपमत डटकम

शनिबार, मंसिर १३, २०७७ || 631  पटक पढिएको

इंग्ल्याण्डले दक्षिण अफ्रिका विरुद्धको पहिलो टी ट्वान्टी खेल पाँच विकेटले जितेको छ । जितसँगै तीन म्याचको टी ट्वान्टी श्रृखंलामा इंग्ल्याण्ड १–० को अग्रता लिएको छ ।

केपटाउनमा शनिबार अबेर सम्पन्न खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १८० रनको लक्ष्य इंग्ल्याण्डले खेल सकिन चार बल बाँकी छँदै मात्र पाँच विकेटको क्षतिमा १८३ रन बनाएर पुरा गर्यो । इंग्ल्याण्डको जितमा जोन बैरिस्टोले अविजित रहँदै सर्वाधिक ८६ रनको योगदान दिनुभयो ।

३४ रनमै तीन विकेट गुमाएर कमजोर सुरुवात गरेको इंग्ल्याण्डका लागि बैरिस्टोले बेन्न स्टोक्ससँग चौथो विकेटका लागि ८५ रनको साझेदारी गर्नुभयो । स्टोक्स ३७ रन बनाउनुभयो । टी ट्वान्टी अन्तर्राष्ट्रियमा बैरिस्टोको यो अहिलेसम्मकै सर्वाधिक ब्यक्तिगत् योगफल हो ।
अफ्रिकाका लागि जर्ज लिन्डे र लुगिं एनगिदीले सामान दुई दुई तथा तबरेज शम्सीले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको दक्षिण अफ्रिकाले फाफ डु प्लेसिसको ५८ र भ्यान डर दुस्सैनको ३७ रनको सहयोगमा छ विकेटको क्षतिमा १७९ रनको औसत योगफल तयार गरेको थियो । इंग्ल्याण्डका लागि साम कर्रनले सर्वाधिक तीन तथा जोफ्रा आर्चर, क्रिस जोर्डन र टम कर्रनले सामान एक एक विकेट लिए ।
बैरिस्टो प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!