निशान कंडेल

शुक्रबार, मंसिर १२, २०७७ || 997  पटक पढिएको

“नभेटेको वर्षौँ दिन भइसक्यो, फूलको थुङ्गा ओइलेर गैसक्यो, पर्खौं कति झन्, भेटौँ नि नलाग्ने कस्तो होला मन ।” भन्दै मेलिना राई गुनासो गर्छिन्, मन कुँडिएर पोखिन्छिन् । किनभने गीतको बोल नै त्यस्तै छ । प्रेमीप्रेमिका टाढिएर पनि प्रेमको झन गहिरो गरी अनुभूति गरिएको विषयलाई कृष्ण उदाशीले शब्दमा बुने । त्यसलाई संगीतमा निक्कै खारिएका गौरभ दर्पणले मार्मिक धुन भरे । कुशल सिंहको संगीत संयोजनमा बाजाहरू हालेपछि बनेको सुमधुर ट्रयाकमा मेलिना राईले मनमुटु हालेर गाएको आवाजलाई अजयसिंह कार्कीले एकोष्टि स्टुडियोमा रेकर्ड गरे र त्यसलाई प्रकाश मिश्रले मिक्सिङ र माष्टरिङ गरेपछि पूर्ण गीत बन्यो “कस्तो होला मन” । त्यसपछि त गीत पनि सुनौँसुनौँ लाग्ने भयो । कटक्क मन खाने भयो ।

गीतलाई भिडियोमा उतार्न पनि उक्तिकै मिहेनत गरेको देखिन्छ । गीत बनिसकेपछि स्वयम् गौरभ दर्पणले नै भिडियोको परिकल्पना गरेर निर्देशन गरे । कविमिलन विश्वकर्माले कोरियोग्राफी गरे । बालकलाकार विनम्र भट्टराई र कौशिन कार्की, कलाकार सुदीपजङ कार्की र सदीक्षा सुवेदीले गरेको सुन्दर अभिनयलाई क्यामरामा कैद गरे दिनेश पराजुलीले ।

त्यसपछि भिडियोलाई सम्पदन गरेर अझ रङ्गिन र सुन्दर बनाए विकास धमलाले । अनि तयारी भएको भिडियो “ट्युन एण्ड टोन एन्टरटेनमेन्ट” बाट सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!