खबर ठुलो छ

हिपमत डटकम
काठमाडौं,माघ-८:नेपाली गीत संगीतमा मौलिक भावका गीतहरु हराउदैँ गएको अवस्थामा गायिका अन्जु चेपाङ र गायक राजु विरहीको आवाजमा रहेको ”पराई घरमा धोका ” गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली चेलीले विरानो घरमा भोग्नुपर्ने पिडा र रोदनलाई गीतमा समेटिएको छ ।

सासुको खटनमा जिवनमा जिउनुपर्ने पिडालाई गीतमा समेटिएको छ । राजु विरहीको शब्द तथा लय सिर्जनामा ”पराई घरमा धोका ” गीत तयार गरिएको छ । मौलिक भावमा आधारित बनाएर तयार पारिएको गीतमा वेदनालाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । गीतमा सन्जय सिपालको एरेन्ज रहेको छ ।

मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन भिडियोमा रहेको छ । ”पराई घरमा धोका” गीतको भिडियोमा राजु विरही , अन्जु चेपाङ , सुर्य दवाडी र सावित्री श्रेष्ठको अभिनय रहेको छ ।
”पराई घरमा धोका ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

बुधबार, माघ ०८, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया