हिपमत डटकम

शुक्रबार, मंसिर १२, २०७७ || 1224  पटक पढिएको

गलामा टन्सिल हुने समस्या धेरै मानिसमा देखिन्छ । टन्सिल हुँदा गलाको दुवैतर्फ मासुमा गाँठो बन्छ ।

यसले गर्दा गला सुन्निने, बेस्सरी दुख्ने अनि बोल्ने समस्या हुन्छ । अनि खानाको स्वाद पनि आउँदैन ।

संक्रमण, ब्याक्टेरिया, गलत खानपान र मौसम परिवर्तनका कारण टन्सिल हुन्छ अनि कब्जियतले पनि टन्सिल गराउँछ । घरेलु उपायले टन्सिल निको पार्न सकिन्छ ।

चिसो बढ्दै गएको छ । जाडोयाममा अधिकांशको एउटै समस्या हुन्छ टन्सिलले सताउनु । यस्तो अवस्थामा खानपिन गर्न समस्या हुन्छ । खानपिन गर्न मात्र होइन, थुक निल्न पनि कठिन हुन्छ ।

असहज अवस्थामा एन्टिबायोटिक लिनु ठिकै होला । तर, संभव भएसम्म यस्तो औषधी सेवन गर्नु हुँदैन । किनभने, यसले एउटा रोगलाई निको बनाउँछ, तर अर्को अंगलाई भने अतिरिक्त भार दिइरहेको हुन्छ । त्यसैले सकेसम्म प्राकृतिक विधीबाटै यसको उपचार खोज्नुपर्छ ।
यसरी घरमै गर्न सकिन्छ टन्सिलको उपचार

-मनतातो तरल पदार्थ पिउने

-सुपहरु बनाएर पिउने

-हरेक ३ घन्टामा तातोपानीमा नुन हालेर कुल्ला गर्ने । बेसार पानीमा थोरै जिरा राखेर मनताते बनाएर पीउने

-हर्बल चिया पिउने

-कफि, जाँडरक्सीको प्रयोगबाट टाढा रहने

-मनतातो पानीमा दालचिनी मिलाएर पानी पिउने ।

-अदुवा र मह हालेर चिया पिउने ।

-चिसोमा हिँडडुल नगर्ने ।

-निको नभएमा एन्टिबायोटिक औषधि प्रयोग गर्ने

-एक महिनामा ३ पटकसम्म टन्सिल हुन थालेमा शल्यक्रिया गर्न चिकित्सकसँग सुझाउँछन् । तर यो समस्या दोहोरीरहेको खण्डमा अनुभवी चिकित्सकसँग सल्लाह गरी राम्रोसाग जँचाएर मात्रै औषधी सेवन गर्ने ।

यी चीज बार्नुस्

टन्सिलको समस्या हुँदा अमिलो, पीरो र चिसो कुरा खानुहुँदैन । यस्ता कुरा खाँदा समस्या झन् बढ्छ । अनि भोजनमा तेल मसला धेर नहाल्नुस् ।

भुइँकटहर, केरा, सुन्तला, आरुबखडा, खरबुजा, मेवा र स्याउ जस्ता फल नखानुस् । भोजन गरेपछि सधैं दुईतीनवटा तुलसीका पातलाई सफा गरेर चपाउनुस् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!