खबर ठुलो छ

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल–११ सृजनानगरका ३२ वर्षीय अशोक गाहा मगर र कास्कीको पोखरा–१५ का १८ वर्षीय रितेश सुनार रहेका छन् ।

जिल्ला जिल्ला प्रहरी कार्यालयका अनुसार शङ्का लागि सोधपुछ गर्ने क्रममा लागुऔषध फेला परेपछि सुनवलको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । सुनवल–१ स्थित पैदलयात्रामा रहेका मगरलाई शङ्का लागि जाँच गर्दा उनको साथबाट नुफिन १४ एम्पुल, डाइजेपाम १४ एम्पुल, फेनारागन १४ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

यसैगरी सुनवल–१२ भूमहीस्थित ग ५ प ७०८३ नम्बरको मोटरसाइकलका चालक सुनारलाई पनि शङ्का लागि जाँच गर्दा नुफिन ३०, डाइजापाम ३०, फेनारागन ३० एम्पुल लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सुनवलबाट आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको प्रनाउ लामाले बताए ।

शुक्रबार, मंसिर १२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया