हिपमत डटकम

शुक्रबार, मंसिर १२, २०७७ || 610  पटक पढिएको

श्रीलंका क्रिकेटको आयोजनामा बिहीबारदेखि श्रीलंकामा शुरु भएको लंका प्रिमियर लिग (एलपीएल) को पहिलो खेलमा कोलम्बो किंग्सले क्यान्डी टस्कर्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

चार सयभन्दा बढी रन बनेको लिगको पहिलो खेल नै निकै रोमाञ्चक बनेको थियो । जहाँ नतिजाको छिनोफानो सुपर ओभरमा लगाइएको हो ।

महिन्दा राजापाक्षे स्टेडियम, हम्बनटोटामा भएको खेलमा टस हारेर ब्याटिंग गरेको क्यान्डीले २१९ रन बनाएको थियो । २२० रनको लक्ष्य पछ्याएको कोलम्बोले पनि समान २१९ रननै बनाएको थियो।

लक्ष्य पछ्याउने क्रममा कोलोम्बोलाई जितको लागि अन्तिम ३ ओभरमा ५२ रन आवश्यक थियो । यस अवस्थामा इसुरु उडाना र क्वाइस अहमदले विस्फोटक ब्याटिंग गर्दै टिमलाई जित नजिक पुर्‍याएका थिए । अन्तिम ओभरमा जितका लागि २० रन आवस्यक हुँदा असेला गुनारत्नेको ओभरमा उडानाले १९ रन बनाएपछि खेल बराबरी भएको थियो । उक्त ओभरमा उडानाले २ छक्का प्रहार गरे । अन्तिम बलमा जितका लागि ३ रन आवश्यक हुँदा उनले २ रन मात्र लिन सके ।

निर्धारित ओभरको खेल बराबरीपछि सुपर ओभरमा खेल पुग्यो । जहाँ पहिले ब्याटिङ गरेको कोलम्बोले नुवान प्रदीपको बलिङमा १ विकेट गुमाएर १६ रन बनायो । कोलम्बोको लागि आन्द्रे रसेलले १ छक्का मद्दतले ३ बलमा ८ रन बनाए भने एन्जेलो म्याथुजले ४ रन बनाए ।

१७ रनको लक्ष्य पछ्याउने क्रममा क्यान्डीले राम्रो सुरुवात गरेपनि १२ रन मा बनाउन सक्यो । पहिलो ३ बलमा रहमनुल्लाह गुर्बजले १ छक्का र १ चौका प्रहार गर्दै १० रन जोडेका थिए । त्यसपछि ३ बलमा ७ रन जितका लागि आवश्यक थियो तर क्यान्डीले २ रन मात्र थप्न सक्यो ।

खेलको प्लेयर अफ द म्याच कोलम्बोका दिनेश चण्डीमाल घोषित भए । उनले २२० रनको लक्ष्य पछ्याउने क्रममा ४६ बलमा १२ चौका र २ छक्का मद्दतमा ८० रन बनाएका थिए ।

लिग अन्तर्गत शुक्रबार थिसारा परेरा कप्तानीको जाफ्ना स्टालियन्स र शहिद अफ्रिदी कप्तानीको गाले ग्ल्याडीएटर्सले प्रतिस्पर्धा गर्नेछन् ।

लिगमा कोलोम्बो, क्यान्डी, गाल, दाम्बुल्ला, जाफ्ना गरी ५ टिम सहभागी छन् । लिगमा कुल २३ खेल खेलिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!