बिहिबार, मंसिर ११, २०७७ || 757  पटक पढिएको

वैश्विक महामारीको रुपमा फैलिएको कोविड –१९ को कारण कामाख्या परिवार नेपाल, जनकपुरधामको वर्षिक कार्यक्रम स्थगित भएको छ । कोरोना संक्रमणको बढ्दो खतरालाई ध्यानमा राखि सो कार्यक्रम स्थगित गरिएको हो ।

२०७३ मङ्सिर ११ गते आजकै दिन कामाख्या परिवार नेपालको स्थापना भएको हो । संस्थाका अध्यक्ष एवं गुरु विभाष लाभको शुभ जन्मोत्सवको अवसरमा सो संस्थाको स्थापना भएको हो । संस्थाले स्थापना काल देखि नै विभिन्न धार्मिक यज्ञ, अनुष्ठान, पुजा–पाठ सहित समाजिक क्षेत्रमा सकृय रही गरिब, विपन्न, असहायहरुलाई सहयोग गर्दै आई रहेको छ ।

संस्थाको वार्षिकोत्सव कोरोणको कारणले स्थगित गरिएको संस्थाकी सचिव प्राचीलाभले हिपमत डटकमलाई जानकारी दिईन् । वहाँले यस वर्षको वार्षिकोत्सव अन्तरमनले माँ कामाख्याको आराधना गरी मनाउने बताउनु भयो । सचिव लाभका अनुसार संस्थाले अग्नि पीडित, बाढी पीडित सहितका विपदाका बेला खाद्यान्न सहितका राहत सामग्री र जाडोमा न्यानो कपडा वितरण गर्दै आई रहेको छ । संस्थाले केही बेरोजगार युवालाई रोजगारको लागि आर्थिक सहयोग समेत गरेका छन् भने २ जना गरिब, असाहाय, विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क अध्ययापन गराई रहेको छ ।

करिब दुई दशक अघि देखि तन्त्रसाधनामा रहनु भएका संस्थाका अध्यक्ष अध्यात्मिक गुरु बाबा विभाषलाभद्वारा जनकपुरधाम–१० देवीचौक स्थित आफ्नै घरमा स्थापित माँ कामाख्या मन्दिरमा आफ्नो भाकल लिएर आएकाहरु खाली हात फर्किएका छैन संस्थाका सदस्य विजय साह (महन्जी) ले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!