हिपमत डटकम

बिहिबार, मंसिर ११, २०७७ || 766  पटक पढिएको

भारतीय टिभीकी चर्चित अभिनेत्री श्वेता तिवारी अक्सर चर्चामा रहने गर्दछिन् । पछिल्लो समय पनि उनी चर्चामा छिन् । यो पटक उनको चर्चाको विषय पूर्व कर्मचारी राजेश पाण्डे भएका छन् । राजेशले उनलाई धोका दिएको आरोप लगाउँदै २ करोड (भारतीय रुपैयाँ)को मानहानीको मुद्दा समेत हालेका छन् ।

करिब एक महिना अगाडि पनि राजेशले अभिनेत्री तिवारीलाई ५२ हजार नदिएको आरोप लगाएका थिए । अहिले त्यही मामला निकै अगाडि पुगेर २ करोडको केस दर्ता भएको हो । ‘विगत दुई वर्षदेखि मैले धेरै मेन्टलटर्चर ब्यहोरिरहेको छु’ राजेशले भने–‘एक कुरो उनले पैसा पनि दिएकी छैनन् ।

अर्काे कुरो पब्लिसिटी स्टन बनाएको आरोप समेत लगाइएकी छन् । यसको ममा धेरै नराम्रो प्रभाव परेको छ ।’ ‘मैले श्वेता विरुद्ध २ करोडको मानहानी केस गरेको छु । कानुनी पेपर समेत उनीसँग पुगिसकेको छ । उनको भने केही जवाफ आएको छैन’ राजेशले थपे ।

राजेशले अभिनेत्रीको एक्टिङ स्कुलमा टिचरको काम गरेका थिए । राजेशले आफुले २ वर्षदेखि पैसाको लागि सम्पर्क कोसिस गर्दा पनि श्वेताले रेस्पोन्स नगरेको समेत बताएका छन् । श्वेताले पैसा नदिएको कारण आफुले घरभाडा समेत तिर्न नसकेको राजेशको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!