हिपमत डटकम

बिहिबार, मंसिर ११, २०७७ || 662  पटक पढिएको

सलमान खान आफ्नो मनको कुरा सुन्छन्, कहिले के गर्छन् कसैलाई पनि थाहा हुँदैन । सलमानको फिल्म राधे तयार भइसकेको छ र अब यसलाई दर्शकमाझ पुर्याउनका लागि सामान्य परिस्थितीको प्रतिक्षा गरिँदै छ । फिल्म ईदमा रिलिज हुनसक्ने पनि अनुमान गरिएको छ ।

फिल्म राधेको विषयमा पछिल्ला दिनमा विभिन्न प्रकारको अडकलबाजी गरिएको छ । तीमध्ये एक ओटीटी प्लेटफर्मको विषयमा थियो । बलिउडका थुप्रै निर्माताको अहिलेको पहिलो रिलिज भनेको ओटीटी प्लेटफर्म नै हो ।

सिंगल स्क्रिन सिनेमाघरहरुका लागि सबैभन्दा धेरै कमाई सलमानको फिल्मबाट हुन्छ र उनीहरु राधेलाई व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् ।

केही दिन अघि ओटीटी प्लेटफर्मका राधेलाई देखाइने भनिएको थियो, यसको व्यापक चर्चा हुनु स्वभाविक थियो । सलमानसँग जोडिएको स्रोतका अनुसार एक ओटीटी प्लेटफर्मले सलमानलाई २५० करोड भारुको अफर पनि दिएको थियो ।

तर स्रोतका अनुसार सलमानले यो अफर अस्विकार एक एक सेकेन्ड पनि लगाएनन्। उनले फिल्म सिनेमाघरमा नै रिलिज हुने स्पष्ट पारिदिए ।

राधेका निर्देशक प्रभुदेवाले पनि सलमानको फिल्मलाई सुरुमा डिजिटलमा देखाउने कुनै सोच नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!