बाटो अल्मलिएकी सपनाको जब समाजसेवी दीपकजंग बस्नेतसँग भेट भयो, उनको बाटो मोडियो । कुनै समय आफैं बेवारिसे भएर हिँडेकी १९ वर्षीया सपनाले आज नयाँ बाटो फेला पारिन् – बेवारिसे शवलाई पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने ।

बेवारिसे शवलाई दाहसंस्कार गर्दागर्दै आफ्नो जीवनको मूल्य र खुशी पनि सपनाले त्यहीँ भेटिन् । बेवारिसे हरेक शव उनलाई आफन्तकै जस्ता लाग्न थाले । अझ कतिपय त आफ्नै जस्ता । कति शवहरुलाई उनले आँशु पुछ्दै दागबत्ती दिइन् ।

त्यस्तै बेलायत बाट जगन कार्की लेख्नु हुन्छ !

बीबीसीले सम्मान गरेको बिश्वका १०० महिलाको लिस्टमा परेकी बेवारिसे शव जलाउने नेपाली चेली नेपालकी Sapana लाई सलाम : एक महिला युवती भएर संस्कारले नै बन्देज गरेको मृत्यु पछि खालि हात जानेहरूसंग बिना अपेक्षा सद्गगत गरि यो धर्तिबाट बिदाईमा सहयोग गर्ने यी सपना बहिनी प्रति अगाध सम्मान जागेर आयो ति म सम्मानित हुँ भनि ठुला कुर्सी, पद र नेतृत्व क़ब्ज़ा गरेर समय बर्बाद गरीरहेकाहरू प्रति भन्दा अगाध धेरै ।

जनताको जिउ धन रक्षा गर्न जिम्मा पाएकाहरुले गरिवका नाममा , मजदुरका नामका खाना, नाना र सहायोगमा ग़द्दारी गरीरहेका , लालाबालाका गाँस खोसिरहेका, महामारी , संक्रमणमा औषधि उपचारमा ग़द्दारी गरीरहेका, कात्रोमा पनि गोजी हाल्न लालाइतहरू प्रति छि !! भन्न मन लाग्यो

काम नगरी रात दिन खुरापात, अन्ठसन्ठबाजी, मिडियाबाजी र फेसबुक बाजीबाट भाइरल हुने भाइरस प्रवृति प्रति दया जागेर आयो ! खै यिनलाई मृत्यु पछि पनि खान, पद प्रतिष्ठा राख्न गर्न परेको हो कि किन हो खोक्रो आडम्बरमा मरिहत्ते ? हामी नेपालीले राम्रा मान्छे चिन्ने भनेकै बिदेशीले चिनाईदिए पछि न हो
?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!