चितवन । पिकअप भ्यान त्रिशुली नदीमा खस्दा चालकसहित दुईजनाको मृत्यु भएको छ । चितवनस्थित इच्छाकामना गाउँपालिका ४ मा पर्ने पृथ्वीराजमार्गको खण्डमा भ्यान विहान साँढे पाँच बजे खसेको थियो ।

प्युठानबाट विरामी लिएर काठमाडौं जाँदै गरेको भ्यान नाग्दी खोला नजिकै त्रिशुली नदीको ६० मिटर माथिबाट खसेको थियो । घटनामा चालक सुर्य केसी र यात्रु जमुना रोक्काको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनामा अर्का यात्रु मुकुन्दबहादुर रोक्का नदीबाट पौडेर बाहिर निस्केका थिए । छोरीको उपचारका लागि पत्नी जमुना रोक्कासहित उनी पिकअप भ्यान रिजर्भ गरेर आकस्मिक रुपमा काठमाडौं आइरहेका थिए । घटनामा जिनिसा वेपत्ता छिन् ।

सशस्त्रको गोताखोरले दुईजनाको शव निकालेको थियो । जिनिसाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!