बुधबार, माघ ०८, २०७६ || 815  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,माघ-८: सूर्य नेपाल प्रालि र अर्थ मन्त्रालयसमेत भएको कर विवाद मुद्दाको सुनुवाईका लागि पेसी चढेको संख्या मंगलबार ५८ पुगेको छ । सूर्य नेपालले आन्तरिक राज्य विभागले तोकेको करको चित्त नबुझाई १२ थान रिट निवेदन दायर गरेको पनि १२ वर्षभन्दा बढी भइसक्यो । मंगलबार ती विवादमा सुनुवाई भएपनि अन्त्यमा सम्बन्धित निकायबाट पुनः फाइल मगाइयो । ती विवाद विभिन्न मितिमा विभिन्न इजलासमा परेका भएपनि धेरैजसो त्यसको पालो नआएर सुनुवाई हुन सकेको छैन । सुनुवाईका लागि ५८ पटक पेसी चढेको भएपनि २० पटक हेर्न नभ्याइने भनि जनिएको छ । पक्ष र विपक्षको विवादको सुनुवाइ स्थगित गरेको संख्या ८ छ । सुनवाइ भएर आदेश गरेको संख्या ६ र हेर्न नमिल्ने न्यायाधीशकोमा ३ पटक परेको छ । ५८ पटक पेशी चढेको भएपनि अन्य विभिन्न कारणले विवादले अन्तिम निकास पाउन सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!