हिपमत डटकम

बुधबार, मंसिर १०, २०७७ || 1116  पटक पढिएको

अभिनेत्री भूमि पेडनेकरको हरर थ्रिलर फिल्म ‘दुर्गामती’को ट्रेलर रिलिज भएको छ । फिल्ममा भूमिले चंचल चौहान नामको एक आइएएस अफिसरको भूमिका निर्वाह गरेकी छन् ।
३ मिनेट २० सेकेन्डको फिल्मको ट्रेलर डरलाग्दो देखिएको छ । यो फिल्म साउथको फिल्म ‘भागमति’को हिन्दी रिमेक हो । यसमा मुख्य भूमिका अभिनेत्री अनुष्का शेट्टीले निर्वाह गरेकी थिइन् ।

‘दुर्गामती’का ट्रेलर रहस्य र रोमान्सले भरिएको छ । डर, बदला, धोका लगायत विषयले भरिएको छ ।

फिल्म बलिउडका खेलाडी कुमार अक्षय कुमार प्रोडक्शनबाट बनेको हो । फिल्मको ट्रेलर अक्षयले आफ्नो सामाजिक संजालबाट पनि शेयर गरेका छन् । फिल्मको कथा तथा निर्देशन अशोकले गरेका हुन् । फिल्म ११ डिसेम्बरको अमेजन प्राइममा रिलिज हुँदैछ ।

फिल्ममा माही गिल, जीशु सेनगुप्ता, करण कपाडिया र अरशद वारसीको पनि मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!