बिराटनगर ,

हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो “द भ्वाइस अफ नेपाल”को भोटिङ राउन्ड खुल्ला गरिएको छ । कोचमा सिमित अधिकारी आजको “लाईभ राउन्ड” को पहिलो एपिसोडबाट आम संगीतप्रेमी माझ पनि आएको छ । गएको नक आउट राउण्ड पार गरि टप १२ मा परेका झापा गौरादहका गायक बल बहादुर राजवँशी लाइभ राउण्डमा प्रवेश गरे संगै आफ्ना आवाजका फ्यान, सुभचिन्तक तथा देश बिदेशमा छरिएर रहेका सम्पुर्ण नेपालिहरुलाई आफुलाई भोट गर्न अनुरोध गरेका छन् । हेर्नुस् भिडियो ।

उनले पाएको भोटिङ कोर्ड ३ रहेको छ । उनलाई जिताउन अबको प्रत्येक हप्ताको प्रस्तुती पछी नेपालबाट मोवाइलको म्यासेज बक्समा ०३ टाइप गरि ३७००० नम्बरमा पठाउनु पर्नेछ । बिदेशबाट पनि एसएमएस मार्फत भोट गर्न सकिने छ । जस अन्तर्गत कतारबाट भोट गर्दा म्यासेज बक्समा ३ टाईप गरि ९२३०० नम्बरमा पठाउनु पर्नेछ । त्यसैगरि ईन्डियाबाट भोट गर्नलाई म्यासेजमा बल बहादुरको कोड ३ टाईप गरि ५३०१० मा पठाउनु पर्नेछ भने प्रभु पे एप्स डाउनलोड गरि अनलाइनबाट पनि बिश्वभरबाट भोट गर्न सकिने छ ।

लाइभ राउण्डमा प्रवेश पाएका १२ जना प्रतिस्पर्धीहरुबाट खुल्ला भोटिङका आधारमा बर्षको भ्वाइस अफ नेपाल बिजेता छानिने छ । बलबहादुरलाइ भोट गर्न इस्टमित्र आफन्त तथा देश बिदेशमा रहेका साथिभाइहरुले बिभिन्न सामाजिक संजालमार्फत अपिल गरीरहेका छन । फरक शैलि र स्वरका धनि बलबहादुरलाई जिताउन र भोट अपिल गर्न यतिबेला सामाजिक संजालमा अभियान समेत चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!