हिपमत डटकम

मंगलबार, मंसिर ०९, २०७७ || 1044  पटक पढिएको

महोत्तरीको बर्दिबासमा हत्या भएकी बालिकाको शवलाई पोस्टमार्टमका लागि जनकपुर लगिएको छ । बलात्कारपछि हत्या भएकी ६ वर्षीया बालिका गुलाब साह खातुनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको हो ।

मंगलबार दिउँसो स्थानीयले शव भेटेको ठाउँबाट उठाएर बर्दिबासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर दिनभर प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाएको थियो भने पछि आफन्तको सहमति बिनै बालिकाको शव उठाएर पोस्टमार्टमका लागि जनकपुर लगेको हो ।

प्रहरीले गोली चलाएपछि भीड तितरवितर भएको थियो भने ३ जना घाइते भएका छन् । घाइते मध्ये २ जनालाई काठमाडौँ पठाइएको छ । एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी उपरिक्षक टीका बहादुर केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!