हिपमत डटकम

मंगलबार, मंसिर ०९, २०७७ || 867  पटक पढिएको

सामाजिक सञ्जालमा समयसामयिक विषयमा कटाक्ष गरिरहने बलिउड कलाकार कंगना रनोट अहिले कानुनी झमेलामा फसिरहेकी छिन् । हाल उनलाई विभिन्न समुदाय बीच एकता भड्काएको आरोप लागेको छ, जसको उजुरी मुम्बईको बान्द्रा प्रहरी कार्यालयमा दर्ता भएको थियो । आज यस विषयमा बाम्बे उच्च अदालतमा सुनुवाई हुनेछ ।

कंगना ट्विटरमा सक्रिय भएको धेरै लामो समय भएको छैन् । पहिला उनको ट्विटर अकाउन्ट उनका टिमले चलाउँने गर्थे, तर अहिले भने कंगना आफैले ट्विट प्रयोग गर्छिन् । उनले बलिउडको साथै विभिन्न देश र समाजसँग जोडिएका विभिन्न विषयको बारेमा टिप्पणी गर्ने गर्छिन् । कयौपटक उनका ट्विट तिखा र पेचिला पनि हुन्छन् । यसैकारण धेरै विवाद पनि हुन्छ । पछिल्लो समयमा भने उनीमाथि समुदायलाइृ भड्काएको आरोप लागेको छ । कंगनाले एफआईआरलाई बम्बे उच्च अदालतमा चुनौती दिदैँछिन् ।

कंगना फिल्म थलाइवीको सुर्टिङ गर्नलाइृ हैदरावाद पुगेकी छिन् । यस फिल्ममा कंगना भारतीय सिनेमाको दिग्गज अभिनेत्री र राजनितिका हिरो नेता कद्दावर जयललिताको भुमिका निभाइरहेकी छिन् । यस फिल्मको साथै कंगना अन्य फिल्म तेजस र धाकडको तयारी सुरु गर्दै छिन् ।

कंगनाले आफूलाई एउटै मात्र काम गर्न मन नपर्ने बताएकी छिन् । उनले घोडा जस्तै भएर काम गर्न रुचाउने भएकोले ‘थलाइवी’को परिवारको साथै ‘धाकड’को लागि पनि एक्शनको तालिम लिइरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!