वेपत्तापछि हत्या गरिएका बालिकाको शव सडकमा राखेर प्रदर्शनमा उत्रेकाहरुमाथि बर्दिबासमा प्रहरीले गोली प्रहार गरेको छ । गोलीबाट दुई जना घाइते भएका छन् ।

गोली प्रहारपछि भिडलाई तितर वितर पारेर बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

शव महेन्द्र राजमार्गको बर्दिबास चोकमा राखेर आन्दोलन गरिरहेकामाथि प्रहरीले गोली चलाएको हो । गोली प्रहारबाट दुई जना घाइते भएका छन् ।

जसमा संजय भनिने बुद्धिराज न्यौपानेको दाहिने तिघ्रामा गोली लागेको छ । अर्का घाइतेलाई चार वटा गोली लागेको छ । उनको परिचय खुल्न सकेको छैन ।

घाइते दुवै जनाको बर्दिवासस्थिति शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । अहिले अस्पताल वरपरको वातावरण पनि निकै तनावपूर्ण रहेको र त्यहाँ पनि प्रहरीले अश्रुग्यास प्रहार गरेको हाम्रा संवाददाताले जनाएका छन् ।

प्रहरीले बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि लगेको जनाइएको छ ।

अहिले बर्दिवासको अवस्था तनाबपूर्ण रहेको छ ।

आईतवार साझ बर्दिवास १४ सुगम वस्ती वस्ने सादिम आलमको ६ वर्षिया छोरी गुलाव साह खातुन वेपत्ता भएकि थिईन । उनको शव भने सोमवार मध्यरातमा भेटिएको थियो ।

हत्या गरि बोरामा कोचेर फालिएको अवस्थामा बर्दिवास १४ सुगम वस्ती मै पर्ने सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालय भन्दा पश्चिम विकरु साहको घर पछाडीको विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको थियो ।
यो सामाचार नया पत्रिकामा महोत्तरीबाट रंजन भण्डारीले लेख्नु भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!