हिपमत डटकम

मंगलबार, मंसिर ०९, २०७७ || 1358  पटक पढिएको

मोरङ।मोरङ मिक्लाजुङ-१ सिलिलिङ बस्ने ५८ बर्षीय अरुण भन्ने अमृत बहादुर श्रेष्ठ हतियार सहित पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई हिजो दिउसो सवा ३ बजे पक्राउ गरेको हो ।

श्रेष्ठले आफ्नै घरमा हतियार लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा टोटा बन्दुक १ थान, खोका ३ थान र ५०० ग्राम बारुद समेत फेला पारी बरामद गरेको हो । यसरी हतियार सहित पक्राउ परेका श्रेष्ठ उपर हातहतियार खरखजना मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!