खबर ठुलो छ

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा थप २२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १४८ पुरुष र ८० महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा मोरङका ३५ मध्ये विराटनगरमा २४, सुनसरीका ५१, झापाका ९२, सङ्खुवासभाका ११, ताप्लेजुुङका १०, खोटाङका चार, इलाम, उदयपुर र धनकुटाका तीन÷तीन तथा तेह्रथुम र भोजपुरका एक÷एक र प्रदेश बाहिरका १४ जना रहेका छन् ।
प्रदेशमा सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २५ हजार ५१८ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या २० हजार ९९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ९१ जना रहेको छ । अहिलेसम्म एक लाख ८४ हजार ३९९ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।

सोमबार, मंसिर ०८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया