कन्नड सिनेमाकी सुन्दर तथा लोकप्रिय नायिका रश्मिका मन्दानाका प्रशंसक त्यतिबेला चकित परे जब सर्च इन्जिन गुगलले नायिकालाई ‘नेशनल क्रस अफ इन्डिया २०२० फिमेल’ घोषणा गरिदियो ।

त्यसपछि ट्वीटरमा पनि रश्मिका नेशनल क्रश ह्याशट्यागसहित ट्रेन्ड हुन थालिन् । यसको स्क्रिनसट उनले आफ्नो ट्वीटर अकाउन्टबाट पनि सेयर गरेकी छिन् । उनले यससँगै लेखिन्, ‘मेरा मानिसहरु साँच्चै नै लेजेन्डरी हुनुहुन्छ । उनीहरु यति प्रिय छन्… होइन र ? मेरो मुटु उनीहरु सबैको साथमा छ । ’


२४ वर्षकी रश्मिका दक्षिण भारतबाहेक उत्तर भारतमा पनि निकै लोकप्रिय छिन् । रश्मिकाले कन्नड, तमिल र तेलुगु फिल्ममा पनि काम गरेकी छिन् ।
https://www.instagram.com/p/CDMY7-9pe3p/?utm_source=ig_embed
रश्मिकाले सन् २०१६ मा क्रिक पार्टी फिल्मबाट कन्नड सिनेमामा डेब्यू गरेकी थिइन् । यो फिल्ममा रश्मिकाको अभिनयको असाध्यै तारिफ भएको थियो र उक्त फिल्म त्यस वर्षको सबैभन्दा धेरै कमाई गर्ने फिल्ममा समावेश भयो ।
https://www.instagram.com/p/B8twgxvpAuq/?utm_source=ig_embed
https://www.instagram.com/p/CHamAA-py4m/?utm_source=ig_embed

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!