हिपमत डटकम
लेटाङ, ७ माघ :मोरङको लेटाङमा दुई जना बालिकामाथि बलात्कार र बलात्कार प्रयास गरिएको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
एकै दिन पक्राउ पर्नेमा लेटाङ नगरपालिका–९ जाँतेका ४६ वर्षीय तीर्थबहादुर कार्की र लेटाङ–४ का २५ वर्षीय राजु दमाई छन् । ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा कार्की र १४ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा दमाई पक्राउ परेका हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाका अनुसार गाउँबाट खसीको मासु लिएर आउँदै गर्दा लेटाङ–८ की बालिकालाई कार्कीले आफ्नै घर भित्र लगेर बलात्कार गरेको खुलेको छ । ललाईफकाई प्रलोभनमा पार्न खोजे पनि इन्कार गरेपछि बालिकालाई विभिन्न धम्की दिँदै भित्र लगेर बलात्कार गरेको खुलेको थापाले बताए । बालिकाले घटनाका बारेमा सबै कुरा बताएपछि अभिभावकले कार्की विरुद्ध किटानी जाहेरी दिएका छन् ।
पक्राउ परेका कार्की विरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । बलात्कृत बालिकालाई भने उपचार र स्वास्थ्य परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ । त्यस्तै पक्राउ परेका दमाईले लेटाङ–५ खेरुवामा पढ्नका लागि स्कुल जाँदै गरेकी १४ वर्षीय बालिकामाथि बलात्कार प्रयास गरेका छन् । बाटोमा रहेको एकान्त जंगलमा पछाडिबाट आएर मुख थुने पनि उम्किएर भाग्न सफल भएका कारण बालिका बलात्कृत हुनबाट भने जोगिएको प्रहरीले जनाएको छ ।
फुत्किएर भाग्ने क्रममा बालिकाको अनुहारमा सामान्य चोटहरु लागेको डीएसपी थापाले बताए । उनलाई पनि उपचार र स्वास्थ्य परीक्षणका लागि कोशी अस्पतालमै ल्याइएको छ । डीएसपी थापाकाअनुसार बालिकाका अभिभावकले किटानी जाहेरी दिएपछि पक्राउ परेका दमाई विरुद्ध बाल यौन दुरव्यवहार मुद्दा चलाउन मंगलबार म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको छ । बेतना दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!