हिपमत डटकम

सोमबार, मंसिर ०८, २०७७ || 635  पटक पढिएको

नेत्र विक्रम चन्द्र (विप्लव) समूहको लमजुङ इन्चार्ज र सेक्रेटरीसहित ६ जना पक्राउ परेका छन् । लमजुङ प्रहरीले दोर्दी गाउँपालिका ८ खिन्चोक पाँचस्वाराबाट रोल्पाको गंगादेव गाउँपालिका वडा नं.२ घर भएका लमजुङ जिल्ला ईन्चार्ज ४२ बर्षीय जंगबहादुर भण्डारी (आक्रोस), लमजुङको दोर्दी गाउँपालिका वडा नं. ७ घर भएका लमजुङ जिल्ला सेक्रेटरी ४६ बर्षीय बिलबहादुर गुरुङ (गौरव) सहित ६ जना विप्लव समुहका नेता कार्यकर्तालाई विष्फोटक पदार्थसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार गएराति १ बजेको समयमा पाँचस्वारामा नेकपा (विप्लव) का नेता तथा कार्यकर्ता भेला भई अवाञ्छनिय गतिविधि गरेको विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो ।

प्रनाउ थापाको कमाण्डमा प्रहरी टोली खटिएर उक्त स्थानमा घेराबन्दी गरी खानतलासी गर्दा विप्लवका नेता कार्यकर्ता पक्राउ परेका हुन् । पक्राउ पर्नेमा लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ४ घर भएका लमजुङ जिल्ला कमिटि सदस्य ६२ बर्षीय नारायणबहादुर कुँवर, राईनास नगरपालिका वडा नं. ६ का लमजुङ जिल्ला कमिटी सदस्य ३४ बर्षीय रबिन्द्र नखोला, दोर्दी गाउँपालिका वडा नं. ७ का २२ बर्षीय दुर्गालाल तामाङ (कार्यकर्ता) र मध्यनेपाल नगरपालिका वडा नं. १० का २६ बर्षीय सुजन थापा (कार्यकर्ता) रहेका छन् ।

उनीहरुलाई खानतलासी गर्ने क्रममा उनीहरुले झोलाभित्र लुकाईछिपाई राखेको बिष्फोटक पदार्थ गन्धक ५०० ग्राम, बारुद ५०० ग्राम, सोडा ५ के.जि., सेप्टि फ्युज १.५ मिटर, रोल क्याप लेखिएको पटका ७ रोल, सिसाका छर्राहरु बरामद गरिएको छ ।

यस्तै पार्टीसँग सम्बन्धित पोष्टर ५० थान, नेपाल कम्युनिष्ट पार्टीको पर्चा ५० थान, नगद ३१ हजार ६ सय ८५ रुपियाँ, चन्दा रसिद एउटा, ग १५ प ८१३७ नं. र बा ७४ प ७०८७ नं. मोटरसाईकल, मोबाईल ८ थना, तथा सिमकार्ड ६ थान समेत बरामद गरिएको प्रनाउ थापाले बताउनुभयो । पक्राउ परेकाहरलाई विष्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!