हिपमत डटकम

सोमबार, मंसिर ०८, २०७७ || 657  पटक पढिएको

पाकिस्तानका ब्याट्सम्यान फखार जमान न्युजिल्याण्ड भ्रमणबाट बाहिरिनुभएको छ । शनिबार कोरोना परीक्षण गरिएकोमा निगेटिभ देखिएपनि उहाँमा ज्वरो आएपछि न्युजिल्याण्ड भ्रमण गर्ने टोलीका सदस्यहरुबाट उहाँलाई अलग्याइएको छ । उहाँलाई लाहोरस्थित एक होटेलमा राखिएको छ ।

पाकिस्तान क्रिकेट टोलीका चिकित्सक डा. सोहैल सलिमले टोलीका सदस्यहरुको कोरोना परीक्षण गर्दा शनिबार सबैको रिपोर्ट निगेटिभ आएपनि फखारमा त्यसपछि ज्वरो देखिएकोले तात्काल भ्रमण दलमा सहभागी हुने अवस्था नरहेको जानकारी दिनुभयो । देब्रे हाते ब्याट्सम्यान फखार पछिल्ला दिनहरुमा शिर्ष क्रममा ब्याटिंग गर्दै आउनुभएको थियो ।

पाकिस्तान क्रिकेट बोर्डले उहाँको अनुपस्थितिमा वैकल्पिक खेलाडीको खोजीमा रहेको छ । उहाँको लयलाई लिएर समेत क्रिकेट पाकिस्तान चिन्तित हुँदै आएको छ । पछिल्लो दुई वर्षमा अन्तर्राष्ट्रिय टी ट्वान्टीमा फखारले एकै पारीमा २५ रनभन्दा बढी जोडन पाउनुभएको छैन् । यद्दपी राष्ट्रिय क्रिकेट लिगसहित घरेलु क्रिकेटमा उहाँको प्रदर्शन प्रशंसनीय रहँदै आएको छ ।
पाकिस्तानले न्युजिल्याण्ड भ्रमणको क्रममा तीन म्याचको टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृखंला खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!