प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटलाई नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यति धेरै उत्तेजित रूपमा नलिनुभएको बताइएको छ । बूढानीलकण्ठ र बालुवाटारको भेटले स्वयम् प्रधानमन्त्रीलाई नै एक्सपोज गरेको खुमलटारको विश्वास छ ।

दाहालले पार्टी फुटको लागि को अग्रसर रहेछ भन्ने गतिलो प्रमाणको रूपमा जनताले जान्न पाएको अवसरको रूपमा पनि उक्त भेटलाई लिइएको बताउनुभएको छ । बहुमत पक्षले कुनै हालतमा पार्टी नफुटाउने भएपछि प्रधानमन्त्री ओलीले आत्तिएर देउवाको साथ खोजेको अर्थको रूपमा पनि हालैको भेटलाई लिइएको बताइन्छ ।

नेकपाभित्रको रडाको र किचलोको अवस्थालाई हेर्दा पार्टी तहसनहस हुने अवस्थामा पुगेको हो कि भन्ने भान सबैलाई परेको छ । तर पनि शीर्ष नेताहरूले भने पार्टी फुटाउने वा फुट्ने अवस्था कहिँबाट पनि नआउने वचन आफूनिकटका नेता तथा कार्यकर्तालाई दिइरहेका छन् । हुन तः खुमलटारले भन्दै आएको बालुवाटारलाई ‘त्याग’ पनि गराउन सक्नुपर्यो । त्याग एक किसिमले अमूर्त शब्द हो । तसर्थ,प्रधानमन्त्रीले आजदेखि मेरो अहंम् त्याग गरेँ भनेर पुग्ने हो कि देखिने गरी कुनै पद छाड्नुपर्ने हो ? त्यो पनि त्यत्तिकै बेवारिस अवस्थामै अगाडि बढेको छ ।

यसबीच दाहालले प्रधानमन्त्री ओलीसँग आफूलाई फकाउनुस् भनेर व्यक्त गर्नुभएको धारणा पनि चर्चामा आएको छ । दाहालका अनुसार उक्त शब्द र वाक्यको अर्थ पार्टी एकतालाई बलियो बनाउन र सरकारले गति लिओस् भन्ने आधारमा भनिएको थियो । ‘ती सबै कुरा मैले सल्लाहमा पार्टी एकतालाई अघि बढाउन सकियोस् भन्ने मनसायले गरेको थिएँ’ भन्दै दाहालले ‘तर प्रधानमन्त्रीलाई सल्लाह र सुझाव विष हुने भएपछि विधि,विधान र प्रक्रियाले नै सच्चाउन पर्ने देखियो’ भन्नुभएको छ ।

मंसीर तीन गतेको सचिवालय बैठकपछि दुई अध्यक्षबीच कुनै सम्वाद भएको छैन । तर,केही दिनअघि पार्टी मुख्यालय धुम्बाराहीमा महासचिव विष्णु पौडेलसँग भएको भेटमा बोल्दै नबोलेको विषयलाई बङ्ग्याएर हल्ला गरिएकोमा खुमलटारले दुःखेसो गरेको छ । भेटमा पौडेलले दाहाललाई प्रस्ताव फिर्ता लिनको लागि आग्रह गरिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको बताइन्छ । भेटमा पार्टीभित्र उत्पन्न समस्या समाधानको लागि उपाय खोजी गर्ने बारेमा मात्र छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!