
सुशान्त सिंह राजपूत मामिलामा ड्रग्सको मामिला सार्वजनिक भएपछि फिल्म र टिभी जगतका थुप्रै हस्तीमाथि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सोधपुछ गरिसकेको छ । एनसीबीले यो सिलसिलामा थुप्रै चर्चित व्यक्तित्वको घरमा छापामारी पनि गर्यो । अब यसका ताजा नामको रुपमा हास्यकलाकार भारती सिंहको पनि जोडिएकी छिन् ।

भारती सिंहलाई एनसीबीले शनिबार मुम्बईमा उनको घरबाट पक्राउ गर्यो ।
एनसीबीका अनुसार उनको घर र प्रोडक्सन हाउसमा गरिएको छापामारीमा ८६.५ ग्राम गाँजा भेटिएको छ ।
विभागका अधिकारीका अनुसार भारती सिंह र उनका श्रीमानले गाँजा सेवनको कुरा स्विकारेका छन् ।
भारती सिंहका साथै उनका श्रीमान् हर्ष लिम्बाचियालाई पनि पक्राउ गरिएको छ ।
को हुन् भारती सिंह ?
‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ र कमेडी सर्कसबाट एक स्ट्यान्ड अप कमेडियनको रुपमा घर–घरमा आफ्नो पहिचान बनाउने भारती सिंह मूल रुपमा पञ्जाबकी हुन् ।
उनले पछिल्लो १२ वर्षमा स्ट्यान्ड अप कमेडीको क्षेत्रमा आफ्नो छुट्टै नाम स्थापित गर्न सफल भएकी छिन् । यसका कारण उनलाई अब ‘कमेडी क्विन’ पनि भनिन्छ ।
३६ वर्षकी भारती सिंहले आफ्नो यो सफलताको कहानी लामो संघर्ष पछि लेखेकी हुन् ।
भारती सिंहको जन्म पंजाबको अमृतसरमा जुलाई ३ तारिख सन् १९८४ मा भयो । उनी दुई वर्षको हुँदा उनको पिताको निधन भएको थियो ।
उनकी आमा त्यतिबेला २२ वर्षकी मात्रै थिइन् । उनका पिता नेपाली मूलका थिए र उनकी आमा पंजाबी हुन् । उनको वाल्यकाल गरिबीमा बितेको छ, यो कुरा उनले थुप्रै पटक आफ्नो अन्तर्वार्तामा पनि गरेकी छिन् ।
‘पैसा कमाउनका लागि आफ्नो मोटोपनको मजाक उडाइन्’
भारतीले आफ्नो एक अन्तर्वार्तामा उनले पैसा कमाउनका लागि आफ्नो गरिबी र मोटोपनाको मजाक उडाउन सुरु गरेको बताएकी थिइन् ।
जी टिभीमा आउने एक कार्यक्रम ‘जज्बात’ को क्रममा उनले आफ्नी आमाले घर चलाउनका लागि कपडा सिलाउने काम गरेको र उनलाई आज पनि सिलाई मेसिनको आवाज सुन्दा ती पीडादायी समय याद आउने बताएकी थिइन् ।
उक्त कार्यक्रमका बेला उनले आफ्ना भाइ बहिनी पहिले नै जन्मिसकेका कारण आफूलाई आमाले जन्माउन नचाहेको पनि बताएकी थिइन् । भारतीले बताएकी थिइन्, ‘आमाले मलाई गर्भमा नै मार्न हरेक सम्भव कोसिस गर्नुभएको थियो तर सायद मेरो जन्म हुनै लेखेको थियो ।’
भारतीका अनुसार आफू दुई वर्षको हुँदा बुवाको मृत्यु भएपछि आफूले बाल्यकालमा असाध्यै पीडा झेलेको उनले बताइन् । उनकी आमा एक कम्बल कारखानामा काम गर्दथिन् । कारखानामा काम गरेपछि सलमा मोती भर्ने काम गर्ने गर्थिन् ।
भारती सिंहले बाल्यकाललाई याद गर्दै उक्त अन्तर्वार्तामा भनेकी थिइन्, ‘हामी चाडपर्वमा रुन्थ्यौं किनभने हामीसँग पैसा नै हुँदैनथ्यो । पैसा माग्ने मेरी आमाले गाली पाउँथिन् । म आफ्नो उमेरभन्दा पहिले नै ठूली भइसकेकी थिएँ ।’
भारतीले यी स्थितीबाट गुज्रिँदै आफ्नो स्थान हाँसिल गरेकी छिन् । अमृतसरमा कलेज पढ्दै गर्दा भरतीले स्ट्यान्ड अप कमेडियन कपिल शर्मालाई चिन्दथिन् । यी दुईको सफलताको यात्रा एक जस्तै रह्यो ।
Will Kapil Sharma show dare to make fun of her now? Will they even speak about this to bring ‘awareness’ ? NCB must conduct a raid in their studio also. Never know kitna ‘maal’ chupaya hoga!
Their shameless knows no limits !! #CBIFastTrackSSRCase pic.twitter.com/Q2u1VOMOj0
— ʜᴇᴇɴᴀ चंदा ᴘᴀʀɴᴀɴɪ (@HeenaParnani) November 21, 2020
भारती सिंहको गिरफ्तारीपछि प्रयोगकर्ताले ट्वीटरमा कपिल शर्मालाई पनि ट्रोल गरिरहेका छन् । मानिसहरुले अब कपिल शर्माले आफ्नो शोमा भारती सिंहको पनि मजाक उडाउलान् त भनेर प्रश्न उठाइरहेका छन् ।
सुटर पनि हुन् भारतीः
भारती सिंह कमेडियनबाहेक सुटर पनि हुन् । उनले एक पटक अन्तर्वार्तामा उनी कमेडियन नभएको भए सुटर हुने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘म हास्यकलाकार नभएको भए तपाईंहरु सबै मलाई टिभीमा ओलम्पिकको सुटिङमा भारतको प्रतिनिधित्व गरिरहेको देख्नु हुन्थ्यो ।’
एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘जब मैले सुटिङको कपडा वा अन्य साधनका लागि १० लाख रुपैयाँ लाग्ने बारे थाहा पाएँ, तब मैले आफ्नी आमालाई यसबारे भनेँ । आमा चिन्तामा पर्न थाल्नुभयो किनभने हामीसँग त्यति पैसा थिएन । त्यतिबेला १० लाख हाम्रो लागि ठूलो रकम थियो । यसैका कारण मैले सुटिङ छोड्नुपर्यो । मलाई यसको निकै ठूलो अफसोस छ ।’
उनले भनिन्, ‘त्यतिबेला मसँग पैसा थिएन र अब जब पैसा त समय निकै अघि बढिसकेको छ ।’
कमेडी करियरः
भारतीयले रियालिटी शो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ बाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् । भारती यो शोको सेकेन्ड रनर अप भएकी थिइन् । त्यसपछि उनले ‘कमेडी सर्कस–३ का तडका’ मा भाग लिइन् । त्यसपछि उनी लगभग सबै कमेडी शोमा देखिन थालिन् र उनलाई धेरैले रुचाउन थाले ।
त्यसपछि उनले ‘कमेडी सर्कस महासंग्राम’, ‘कमेडी सर्कस के सुपरस्टार’, ‘कमेडी सर्कसका जादू’, ‘कमेडी सर्कस के तानसेन’, ‘कमेडी सर्कसका नया दौर’, ‘कहानी कमेडी सर्कसकी’ र ‘कमेडी सर्कसके अजूबे’ जस्ता थुप्रै कार्यक्रम गरिन् । यसबाहेक उनी नच बलिए, झलक दिखला जा सिजन–५ र बिग बसमा पनि देखिइन् ।
भारती सिंहले इन्डियाज गट ट्यालेन्ट र इन्डियाज बेस्ट डान्सरजस्ता कार्यक्रम पनि होस्ट गरिन् र कमेडी दंगल शोमा जजको भूमिकामा पनि देखिइन् ।
खतरोंका खेलाडी शोका थुप्रै सिजनमा उनी गेस्टको रुपमा पनि समावेश भइन् । कपिल शर्मा शोमा पनि उनी समय–समयमा देखिरहन्छिन् । उनको भूमिका लल्लीलाई धेरैले रुचाएका छन् । यसमा उनी एक बालिकाको भूमिकामा देखिएकी छिन् ।
साधारणतया पुरुषको दबदबा भएको स्ट्यान्डअप कमेडीको क्षेत्रमा भारती सिंहले आफ्नो एक भिन्न र सफल पहिचान बनाएकी छिन् । उनले केही हिन्दी र पंजाबी फिल्ममा पनि काम गरिसकेकी छिन् । हिन्दी फिल्ममा उनी खिलाडी–७८६ र सनम रेजस्तामा अभिनय गरिसकेकी छिन् ।
सोसल मिडियामा सक्रियताः
भारती सिंह सोसल मिडियामा निकै सक्रिय छिन् र उनको राम्रै फ्यान फलोइङ पनि देख्न पाइन्छ । फेसबुकमा उनका ७२ लाखभन्दा बढी फलोअर्स छन् भने इन्स्टाग्राममा ३६ लाखभन्दा बढी मानिसले उनलाई फलो गर्छन् ।
यद्यपि, ट्वीटरमा उनी आजकाल खासै सक्रिय छैनन् तर त्यहाँ पनि उनका २.८ लाख फलोअर्स छन् । उनको गिरफ्तारीपछि उनको एउटा पुरोनो ट्वीट सेयर गरेर उनलाई ट्रोल गरिरहेका छन् ।
5 years ago #BhartiSingh used to give gyaan on drugs 😂 pic.twitter.com/OpoiNgzQMJ
— प्रवीण चौहान 🚩 40k (@YamrajFromHell) November 21, 2020
उनले सन् २०१५ को ९ जुलाईमा ट्वीट गरेर ड्रग्स नलिन सल्लाह दिँदै यसलाई स्वास्थ्यका लागि हानिकारक बताएकी थिइन् । अब मानिसहरुको उनको यही ट्वीटको मजाक बनाइरहेका छन् ।
https://twitter.com/Nainika_19/status/1330152689297190918
भारतीका श्रीमान् को हुन् ?
भारती सिंहले सन् २०१७ को डिसेम्बर ३ मा हर्ष लिम्बाचियासँग विवाह गरेकी थिइन् । हर्ष स्क्रिप्ट राइटर, निर्माता र कार्यक्रम प्रस्तोता हुन् ।
भारती र हर्षको भेट कमेडी सर्कस शोको क्रममा संघर्षको दिनमा भएको थियो । हर्ष उक्त कार्यक्रममा स्क्रिप्ट राइटर थिए र उनी पनि आफ्नो स्थान हासिल गर्नका लागि संघर्ष गरिरहेका थिए । उनी उमेरमा भारतीभन्दा तीन वर्ष कान्छा छन् ।
हर्षले कमेडी सर्कसके तानसेन, कमेडी नाइट्स बचाओ र कमेडी नाइट्स लाइभ शो जस्ता कार्यक्रमको पनि स्क्रिप्ट राइटिङ गरिसकेका छन् ।
यसबाहेक उनले पीएम नरेन्द्र मोदी फिल्मको डायलग र मलंग फिल्मको टाइटल ट्र्याक पनि लेखेका छन् ।
अहिले भारती सिंह र हर्ष लिम्बाचिया दुबै मिलेर इन्डियाज बेस्ट डान्सर होस्ट गरिरहेका थिए ।