हिपमत डटकम

सोमबार, मंसिर ०८, २०७७ || 1113  पटक पढिएको

शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा १८ गोलिया बेवारिसे अवस्थाको काठ बरामद गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालयका रेञ्जर अनिल रसाइलीको टोलीले आइतबार साँझ खयर प्रजातिको काठ बरामद गरेको हो ।

बरामद काठबारे छानबिन भइरहेको रेञ्जर रसाइलीले बताउनुभयो । “कानूनअनुसार निकुञ्जको अनुमतिबिना खयर प्रजातिको काठ बेच्न पाइँदैन”, उनले भने, “काठ अनुमति बिना बिक्री वितरण गरेको पाइए बिगोअनुसार जरिवाना हुन्छ ।”

बरामद काठ निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नागेश्वर सामुदायिक वनको रहेको बताइएको छ । बरामद काठलाई निकुञ्ज कार्यालयले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!