हिपमत डटकम

आइतबार, मंसिर ०७, २०७७ || 950  पटक पढिएको
तस्बीर : जुगेश दास

बिबेक मेहता

देवानगञ्ज । सीमावर्ती क्षेत्रका नागरिकहरुलाई सहज र सरल सेवाका लागि भन्दै सञ्चालन भएको इन्धन बिक्री गर्ने पम्पबाट इन्धनको तस्करी बढेको गुनासो आएको छ । सीमापारीको बजारमा नेपालको भन्दा महंगो भएकाले उताबाट बैधानिक बाटो भएर आएको इन्धन पम्पबाट अवैध रुपमा तस्करी भईरहेको गुनासो आएको हो ।

सुनसरीको देवानगञ्ज गाउँपालिका २ बजारमा रहेको पेट्रोल पम्पहरुमा खुलेआम तस्करलाई विक्री गरेको र किसानलाई उपेक्षा गरेकाले सीमावर्ती पम्पबाट इन्धन तस्करीको रहस्य बाहिर आएको हो । खुलेयाम रुपमा सीमावर्ती पम्पबाट इन्धन तस्करी भईरहदा समेत स्थानीय प्रहरी मुखदर्शक बनेको किसानले गुनासो गरेका छन् । देवानगञ्ज बजारमा रहेका भगत आयल सेन्टर र गुप्ता आयल टेृडसले स्थानीय किसानहरुलाई भन्दा व्यपारीहरुलाई डिजल बेच्ने र उनीहरुले सीमापरी पठाउने गरेको रहस्य बाहिर आएको छ । यहाँका किसानहरुले पम्पमा डिजल भएर पनि नदिएको र तस्करलाई विक्रि गरेको देवानगञ्जका किसान जितु मेहताले गुनासो गर्नुभएको छ ।

देवानगञ्जमा रहेको दुई वटै पम्पले स्थानीयलाई भन्दा भारतीय व्यपारी र तस्करलाई तेल विक्रि गरेर तस्करी गराएको पाईएको मेहताको भनाई छ । किसानहरुको गुनासो आएपछि नागरिक अभियानको टोली अनुगमनमा पुगदा भगत आयल सेन्टरमा भारतीय व्यापरीलाई दिन राखेको तेलको गायलनहरु फेलापरेको थियो । भगत आलय सेन्टरको संचालक समेत रहेका दिपनारायण भगतले व्यापारी संग मिली किसानहरुलाई इन्धन नदिई दुख दिरहेको गुनासो समेत सेवाग्राहीबाट आएको थियो । भगतले काग्रेंस निकट नेताको पहुचमा रहेकोले आफूलाई कोहीकसैले केही गर्न नसक्ने भन्दै किसानहरुलाई हेपदै आएको अर्का स्थानीय किसान रमेश यादवले गुनासो गर्नुभयो ।

यता गुप्ता आयल र्टेडसको पनि लिला उस्तै रहेको पाइएको छ । गुप्ता आयल सेन्टरका संचालकले समेत किसानहरुलाई दुख दिने आजभोली भन्दै टार्ने र साझ विहानको समयमा भारतीय तस्करलाई डिजल विक्रि गर्ने काम गरिहरेको छ । विहीबार अनुगमनको क्रममा समेत भारीतय नम्मबरको मोटरसाइकलमा दजर्नौ ग्यालन बोकी तेलका लागि लामबध भएको पाईएकाको थियो ।
प्रहरी प्रशसानको आखाँ अगाडिबाटै तेल तस्करीहरु र स्थानीय प्रशसान मौन हुनुलाई समेत प्रहरीकै संरक्षणमा देवानगञ्जमा तस्करी मौलाएको स्थानीयहरुको दावी रहेको छ ।

यसै विषायामा जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रवक्ता डिएसपी नरेन्द्रकुमार कार्कीसंग बुझदा अहिलेसम्म त्यस्तो गुनासो नआएको र आफुले सो विषायमा अनुसन्धान गर्ने प्रतिकृया दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!